लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् ।
प्रमुख आचार्यले पोखरा महानगरपालिका वडा नंं ३० को शिशुवा चोकदेखि पुर्व दक्षिण खुदी खोलापुल सम्मको ४.१४ किलोमिटर सडकको सिलन्यास गर्दे आचार्यले सडकको गुणस्तरीयतामा ख्याल गर्न स्थानीयसँग आग्रह गरे । स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गर्न समेत उनले आग्रह गरेका थिए ।
सोही अवसरमा प्रमुख आचार्यले दिगो पर्यटन विकासमा टेवा पुग्ने बताउँदै विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको सडकको काममा स्रोतको कुनै कमी नहुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका इन्जिनियर नेत्रप्रसाद तिमल्सिनाले विश्व बैकको आर्थिक सहयोगमा निर्माण हुने सडकको लागत ३४ करोड ११ लाख रुपैयाँ छ । सडक नालीसहित १५ मिटर डबल लेन चौडा र ७ मिटर पिच र २.५ मिटर फुट ट्रयाक रहने जानकारी गराएका थिए ।
निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिका प्रतिनिधि इन्जिनियर रोशन गिरीले परामर्शदाताको निर्देशन अनुसार स्थानीयको सहयोगमा १४ महिना निर्धारित समय भित्रै गुणस्तरीय काम गरेर देखाउने प्रतिवद्धता जाहेर गरे ।
कार्याक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. २७ का पूर्णकुमार गुरुङ, महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्यामकृष्ण थापा लगायतले समय सिमाभित्र बाटो सम्पन्न गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं.३० की वडा सदस्य उमा परियारले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन महानगरपालिका इन्जिनियर जगन्नाथ कोइरालाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१