पोखरा । घिरिङ पोखरा सम्पर्क मञ्चले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा सोमबार आयोजना गरेको शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो भने अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइएको छ ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो एक सय ६७ औं स्वास्थ्य शिविर हो । यी शिविरमार्फत् अहिलेसम्म १ लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख बिनाकुमारी थापाले सामाजिक संघ, संस्थाले सदस्यलाई स्वास्थ्य सचेतनासहित सित्तैमा विभिन्न रगत जाँच उपलब्ध गराउनु निकै राम्रो काम भएको बताइन् । उनले स्वस्थ नागरिकबाट नै समृद्ध समाज र देशको कल्पना हुन सक्ने उल्लेख गरिन् ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले मधुमेह र कोलेस्ट्रोल हुनुका कारण, प्रभाव र उपचार प्रद्धतिबारे प्रकाश पारे । उनले मधुमेह र कोलेस्ट्रोल उच्च हुँदा मस्तिष्क घात र हृयदयघात बढेको जनाउँदै बेला बेलामा नियमित जाँच गर्न र स्वास्थ्यमा समस्या देखिए उपचारसँगसँगै खानपानमा समेत विशेष ख्याल गर्न आग्रह गरे ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।
युआरएलले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर सेवामा छुट दिएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखाका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् । नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए ।
संस्थाका अध्यक्ष मानबहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सचिव यामसरी थापा, मगर संघ चाउथे इकाइ अध्यक्ष सुनमाया आले, वडा सदस्य विष्णुहरि काफ्ले लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
मादल बजाउने तालिम
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१