पोखरा । दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा आएर अध्ययन र विभिन्न पेसा व्यवसायमा आबद्धहरुको संस्था हो सामीप्य समाज । संस्थाका संरक्षक डा. खगेन्द्रप्रसाद घिमिरिले समाजले हालसम्म गरेका कामको प्रसंशा गर्दै नवनिर्वाचित समितिले गरेका रचनात्मक, सिर्जनात्मक र सामाजिक तथा मानवीय उत्तरदाइत्वका कामको निरन्तरताले संस्थाको उचाइ बढेको बताए ।
संस्थाका उपाध्यक्ष गंगाराम पौड्यालले स्वागत गरेको कार्यक्रममा, दिदी बहिनी क्वालिटी सर्कल सहसंयोजक मञ्जु कार्कीले दिदी बहिनीहरूले हालसम्म गरेका कामको समीक्षा, सल्लाहकार होतबहादुर रोकाले नव वर्ष २०८१ कविता, सल्लाहकार सूर्य रोकाले शुभकामना, संस्थापक अध्यक्ष शोभित खड़काले संस्थाको इतिहास, संरक्षक दोबबहादुर कार्कीले संस्थाका गतिविधि र भित्तेपात्रोको महत्वका बारेमा भनाइ राखेका थिए ।
संस्थाका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव नम रोकाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
hero news full width
मुख्य समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१