पोखरा । कलश बचत तथा ऋण सहकारीले नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण कार्यक्रम गरेको छ । संस्थाका सेयर सदस्य तथा पोखरा २४ का सदस्य कृष्णप्रसाद सुवेदी, संस्थाका अध्यक्ष सुदीप अधिकारी, लेखा समिति संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरु डा. विष्णुप्रसाद चापागार्इं, होमराज भट्टराई, नवराज सुवेदीले संयुक्तरुपमा क्यालेन्डरको लोकार्पण गरेका हुन् ।
पोखरा २४ का सदस्य जनप्रतिनिधि कृष्णप्रसाद सुवेदीले सहकारीका आर्थिक सुशासन र अनुशासनको आवश्यकता भएको बताए । उनले सहकारीको नीति र नियमसंगत रुपमा सञ्चालित संस्थामा कहिल्यै पनि समस्या नआएको जिकिर गरे । संस्थाका अध्यक्ष सुदीप अधिकारीले विश्व बैंक र एसियाली बैंकले नेपालको सन्दर्भमा आगामी वर्षका लागि गरेको आर्थिक प्रक्षेपणले केही सुखद् संकेत गरेको बताए । उनले २०८० सहकारीका लागि चुनौतीको वर्ष रहे पनि कारोबारमा सफा र अनुशासित संस्था दीर्घकालसम्म रहिरहने दाबी गरे ।
कार्यक्रममा संस्थाका सेयर सदस्य गणेश भारती, शिक्षा उपसमिति सदस्य प्रभा राजभाट, ऋण उपसमिति संयोजक रामु पाध्याय, लेखा समिति संयोजक विजेन्द्र शर्मा पौडेल, सल्लाहकारहरू डा. विष्णुप्रसाद चापागार्इं, होमराज भट्टराई, नवराज सुवेदी, कोषाध्यक्ष एकराज गिरी, ऋण उपसमिति सदस्य हुमबहादुर खत्री ‘अर्जुन’ लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष सुदीप अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति संयोजक सञ्जय मल्लले स्वागत र रुपकराज मिश्र सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
मादल बजाउने तालिम
hero news full width
मुख्य समाचार
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१