पोखरा । ज्येष्ठ नागरिकको स्वास्थ्य ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिशिरमा सेवा लिए । स्वास्थ्य शिविरमा ३ स १२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा. हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे ।
बिरामीको सुगर, प्रेसर, मिर्गौला र मुटुको परीक्षण गरिएको थियो । निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुसी देखिन्थे ।
गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो । घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए ।
आगामी आर्थिक वर्षमा सामुदायीक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलाले उद्घोष गरे । ‘जति पनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ उहाँहरुले सामुदायीक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य बिमा गर्दिन्छौं’, उनले भने ।
ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पु¥याएको वडाध्यक्ष बास्तोलाले बताए । बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शीतलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ । दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन् ।
यसअघि पनि वडाले महिला लक्षित स्तन क्यान्सर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो । अमेरिकन नर्सिङ एसोसिएशनसँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आएको छ ।
शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्राडा बुद्धिबहादुर थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए । उनले सुगर, प्रेसर, कोल्डस्टोर, युरिकएसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए । ‘यी रोग कोही पहिला निस्कने कोही पछि निस्कने । जहिले पनि दुख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हार्टअट्याक, मष्तिसकघात, किड्नी खराब अवस्था ल्याउँछ ।’
अमर पोलिक्लिनक अमरसिंह चोक र युआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । युआरएलले निशुल्क रगत परीक्षण गरेको थियो । शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने युआरएलका निर्देशक ठाकुरप्रसाद पन्तले बताए ।
रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ । ‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन् । समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने । बेलामै रोग लागेको पत्ता भए सामान्य औषधीले पनि निको हुने पन्तले उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१