पोखरा । जिल्ला सहकारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २० युनिट रगत संकलन भएको छ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवसअन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी स्वनियमन तथा नीति र विधि सम्मतरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बराललगायतले बोलेका थिए ।
राष्ट्रिय सहकारी दिवस मूल आयोजक समिति संयोजक एवं संघ अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छवि लामिछानेले स्वागत र महासचिव दीपक बास्तोलाले सञ्चालन गरेको कार्यक्रम संयोजक एवं संघकी उपाध्यक्ष अम्बिका गौतमले जानकारी दिइन् ।
सहकारी दिवसअन्तर्गत संघले शनिबार साइकल र्याली आयोजना गरेको थियो । र्यालीमा विभिन्न १८ संघसंस्थाका ५२ जना सहभागी भएको कार्यक्रम संयोजक एवं संघका सञ्चालक धनराज पुरीले बताए । उनका अनुसार संघ कार्यालयबाट सुरु साइकल र्याली बिरौटाचोक, पृथ्वीचोक, अमरसिंह चोक, महेन्द्रपुल, सभागृहचोक, हल्लनचोक, लेकसाइड हुँदै पुनः जिल्ला सहकारी संघकै प्राङ्गणमा आएर समापन भएको थियो ।
कार्यक्रम उद्घाटन मूल आयोजक समिति संयोजक सावित्रा कोइराला र पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारीले गरेका थिए ।
सहकारी दिवसअन्तर्गत २० गते अन्तरक्रिया र दीप प्रज्ज्वलन कार्यक्रम हुने मूल संयोजक कोइरालाले जानकारी दिइन् । अन्तरक्रियाअघि चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सभागृहचोकसम्म प्रभातफेरी कार्यक्रम हुनेछ । यस्तै, सहभागृहमा विभिन्न सहकारीद्वारा उत्पादित सामग्री प्रदर्शनीसमेत हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१