पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । चैत २५ गतेदेखि वैशाख ५ गतेसम्म हुने महोत्सवअन्तर्गत यसपटक करिब ८० टन आलुको कारोबार हुने लक्ष्य छ । आयोजक विष्णुपादुका क्लबले शनिबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
क्लब अध्यक्षसमेत रहेका मूल आयोजक समिति अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताए । उनले महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पारे ।
क्लब सचिवसमेत रहेका मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए । उनले यस वर्षको महोत्सवमार्फत् बचत हुन आउने रकमबाट क्लबको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महŒवपूर्ण रहेको औँल्याए ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिँदै आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताए । उनले उन्नत बिउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई ध्यानाकर्षण गराए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, क्लबका सदस्य सन्तोष पौडेललगायतले धारणा राख्दै आलु तरकारीको राजा भएको औंल्याए ।
महोत्सवअन्तर्गत आजकल स्टल निर्माणको कार्य धमाधम भइरहेको छ । त्यहाँ कुल १ सय ४० स्टल रहनेमा ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवको तयारीस्वरुप दैनिकजसो बैठक, छलफल एवं भेटघाट जारी छ । महोत्सवमा प्रतिकेजी ३८ देखि ४० का बीचमा आलुको कारोबार हुने तथा प्रवेशका लागि साधारणलाई ८० तथा विद्यार्थीलाई ५० रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्यव्यंग्य एव लाइभ पप कन्सर्टलगायत रहनेछन् ।
महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अघि सारिएको छ ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिंदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१