काठमाडौ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
अदालतले आज सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोवमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ जरिवाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि पेशी तोकेको थियो । निजकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र रु एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ जरिवाना हुने फैसला गरेको छ ।
सोही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र रु २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ । अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छजनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो । रासस
–––
Related News
सम्बन्धित समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
hero news full width
मुख्य समाचार
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१