वारागुङका बालविकास सहजकर्तालाई मन्टेसरी तालिम

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
montessori

पोखरा । फूलबारी फाउन्डेसन नेपाल पोखराको समन्वय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा बालविकास सहजकर्ताहरूलाई २ हप्ते मन्टेसरी शिक्षक तालिम सम्पन्न भएको छ ।

पोखरा ३ नदीपुरस्थित फूलबारी मन्टेसरी ट्रेनिङ इन्स्टिच्युटमा गाउँपालिका अन्तर्गतका १२ वटा इसिडी केन्द्रमा कार्यरत १४ जना बालविकास सहजकर्तालाई मन्टेसरी विधिमा आधारित बालविकास तालिम प्रदान गरिएको हो । तालिम अवधिमा गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङ र उपाध्यक्ष ढिकी गुरुङले निरीक्षण भ्रमण गरेका थिए । अध्यक्ष गुरुङले तालिममा सिकेका कुरालाई कक्षाकोठामा लागु गर्न निर्देशन दिए । उनले तालिम प्रदान गर्न सहयोग गरेकोमा फूलबारी फाउन्डेसन नेपालका अध्यक्ष एवं फूलबारी मन्टेसरी कटेजका प्रिन्सिपल अरुना शेरचनप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

तालिमको अन्तिम दिन समापन सेसनमा फूलबारी फाउन्डेसन नेपालका अध्यक्ष अरुना शरेचनले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुराहरुलाई कक्षा कोठामा लागु गर्न आग्रह गरे । प्रशिक्षार्थीहरूको तर्फबाट सहजकर्ता डोल्मा विकले यस्तोखालको प्रभावकारी तालिम लिन पाएकोमा खुसी व्यक्त गरिन् । उनले आफूहरूले सिकेका कुराहरूलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन् । फाउन्डेसनका बोर्ड सदस्य एवं न्यु ग्यालेक्सी बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल राजेश भण्डारी र पाइला नेपालका प्रजु गुरुङले पनि तालिमसम्बन्धी अनुभव बाँडेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

Recent Posts

trending post

ट्रेन्डिङ्ग