पोखरा । दाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा २२ जना घाइते छन् ।
१ जना महिलासहित १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । मृतक १२ जनामध्ये २ भारतीयसहित ८ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्जकी ६० वर्षीया कुसम बस्नेत, हेटौंडा बस्ने ३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ ९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट ९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका १५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको हो ।
बाँकी ४ जनाको सनाखत भएको छैन । उनीहरु सबै ३० देखि ४५ वर्षका पुरुष हुन् ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
बाँकेको नेपालगञ्जदेखि काठमाडौ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे देउखुरीको राप्ती गाउँपालिका १, भालुबाङस्थित राप्ती नदी पुलको रेलिङ भाचेर नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुर नेपालीले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताएका छन् । २८ वर्षीय चालक नेपाली सल्यानका हुन् ।
दुर्घटनाको अनुसन्धान भइरहेको डिएसपीको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
hero news full width
मुख्य समाचार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१