देशको स्थिति अहिले फेरिँदै गएको जस्तो देखिएको छ । हिजोको जस्तो अहिले छैन । धरानमा गाई काटेर खाएको घटनाले उग्ररुप लिन लागेको जस्तो पनि देखिएको छ । पहाडमा हेरियो भने त्यहाँ पनि साम्प्रदायिक घटना भएका छन् । त्यो घटना एक ठाउँमा मात्र होइन, आगो सल्केभैंm त्यो घटना फैलिँदै गएको स्थिति छ । तर शीर्ष नेताहरू यस विषयमा केही बोलेका छैनन् । उनीहरू देशले प्रगति गरिरहेका र आफ्नो नेतृत्वमा विकास भइरहेको भन्दै छन् । तर वास्तविक स्थिति उनीहरूले भने झैं छैन । सानो काममा पनि मानिस उत्तेजित हुन्छ । धैर्य, सहनशील भन्ने हराउँदै गएका छन्, छिटो उत्तेजित हुन्छन् र आन्दोलन र हत्या हिंसा गर्न अघि सर्छन् । हत्या हिंसाको शृंखला बढ्दै छन् । परिवारका सबै सदस्यलाई एकै पटक हत्या गरेको घटना पनि देखिएका छन् । शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएका छन् ।
शान्ति सुरक्षामा चुनौती थपिएको सम्बन्धमा सरोकारवालाहरूले पनि स्वीकारेका छन् । भर्खरै राष्ट्रभरिका शिक्षकहरूले काठमाडौंमा केन्द्रित आन्दोल गरे । शिक्षक संघले सरकारसँग वार्ता गरेर आफ्नो आन्दोलन फिर्ता गरेको घोषणा गरे । तर त्यो संघले घोषणा गरे पनि केही शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । यसैबीच चिकित्सहरूको आन्दोलनले पनि देशव्यापी रुप लिएको छ । तिनीहरूले देशभरि ओपिडी सेवा ठप्प पारेका छन् । चिकित्सकहरूले आन्दोलन पोखराबाट सुरु भएको हो । त्यस्तै अन्य ठाउँमा पनि यस्ता घटना भइरहेका छन् ।
साम्प्रदायिक घटनालाई अरुभन्दा गम्भीर किसिमले लिने गरिएको छ । मधेशमा हिन्दु र मुसलमानले एकले अर्कामाथि आक्रमण गरिरहेका छन् । कतै घर नै आगो लगाइदिएको कुरा पनि आएको छ । केही सांसदहरूले त्यसमा गृहमन्त्रीको ध्यानसमेत आकर्षित गरेका छन् । तर उपप्रधान तथा गृहमन्त्री बताएका छन् । उनीले मधेशको विषयमा आफू गम्भीर भएको बताएका छन् । उनले मधेशमा जे भइरहेको छ, त्यो बेठिक भएको उल्लेख गर्दै एक दुई दिनभित्रै त्यसको समाधानको बाटो पहिल्याउने बताएका छन् । कतै राजनीतिक पार्टीहरूबाट सर्वदलीय बैठकको आयोजना गरेर समाधान खोजिरहेको छ भने कतै शान्ति र्यालीको आयोजना गरिएको छ । एकातिर त्यसरी सकारात्मक प्रयास भइरहेको छ । अर्कोतिर साम्प्रदायिक विद्वेष फैलाउनेहरूको आगमन भएको सुनिएको छ । साम्प्रदायिक भावना फैलाउने नेपालीको प्रवृत्ति होइन, परम्परा होइन । यो भावनालाई निरुत्साहित बनाउनु आजको आवश्यकता हो । यस विषयमा सबै नेपाली एक हुनु पर्दछ र अवान्छित घटनालाई दबाउने प्रयास गर्नुपर्दछ । धार्मिक सद्भाव कायम गर्नुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१