सहकारी दिवस मनाउन आह्वान

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९

बागलुङ । ६६ औं राष्ट्रिय सहकारी दिवस भव्यरुपमा मनाउन जिल्ला सहकारी संघ बागलुङले जिल्लाका सबै पालिकासँग आह्वान गरेको छ । संघले जिल्लाका सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउन आह्वान गरेको हो ।

संघका तर्फबाट प्रेषिते पत्रमा पालिकास्तरमा रहेका सहकारी संघसंस्थासँगको प्रभावकारी परिचालन, समन्वय र सहकार्यमा सहकारी दिवस मनाउन आग्रह गरिएको छ ।

नेपालमा सहकारीको सुरुआत भएको दिन चैत २० गतेलाई सहकारी दिवस मनाउने गरिएको छ । चैत २० गते बृहत ¥यालीसहित मुख्य समारोह आयोजना गरिएको बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए । बागलुङमा १० पालिका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width