स्पोर्टस् अवार्डलाई लगातार सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
nsjf sports award

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ ।

सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने स्पोर्टस् अवार्डको सुरुआति संस्करणदेखि सघाउँदै आएको छ ।

सोमबार परिवारका तर्फबाट नवीन पुन र आयोजक मञ्च अध्यक्ष दीननाथ बरालबीच आगामी सातौं संस्करणको लागि पनि सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतावापत पुन परिवारले ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ विधामा प्रायोजन गरेको ३५ हजार रुपैयाँ उपलब्ध गराउने छ ।

नेपाल सेभेन ए साइड फुटबल महासंघ अध्यक्ष समेत रहेका नवीन स्व. हेमबहादुरका नाति हुन् । उनले स्पोर्टस् अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रमका पुन परिवारका सदस्यहरु लोक पुन, मञ्च कार्य समिति सदस्यसमेत रहेका उमेश पुन, मञ्च सचिव शशिकुमार पौडेल लगायत उपस्थित थिए ।

मञ्चले आगामी २३ वैशाखमा ७ विधामा अवार्ड प्रदान गर्दैछ । गण्डकी प्रदेशको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्ने मञ्च अध्यक्ष बरालले बताए । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

अवार्ड सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लब पोखरा लगायतले सघाउने प्रतिबद्धता जनाएको मञ्च सचिव पौडेलको बताए । खेलाडीको हौसलाका लागि मञ्चले आयोजना गर्दै आएको स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै महत्वपूर्ण इभेन्ट हो । स्पोर्टस् अवार्ड पोखरा सभागृह हलमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width