क्रिकेटमा नेपाल विश्वकप छनोटमा

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७९
nepal

पोखरा, २ चैत । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको हो ।

अब नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुनेछ । यसअघि पहिलो र दोस्रो स्थानमा रहँदा स्कटल्यान्ड र ओमान भने विश्वकप छनोटमा पुगिसकेका छन् ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा यूएईले पहिले ब्याटिङ गर्दै नेपाललाई ३११ को लक्ष्य प्रस्तुत गरेको थियो । उसले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाइसक्दा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width