दृष्टिविहीन शिक्षकलाई आइसिटी तालिम

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
news blind s

पोखरा । कास्की नेत्रहिन संघको आयोजनामा दृष्टिविहिन शिक्षकका लागि एडभान्स आइसिटी तालिम शनिबार पोखरामा सुरु भएको छ ।

नेलम्बो नेपालको आर्थिक सहायोगमा सुरु तालिमको गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य डा. शान्ता खत्रीले उद्घाटन गरिन् । उनले अपांगता भएका व्यक्तिहरुका आवश्यकता नीति तथा योजनामा समेट्न, कार्यान्वयन गर्न र सहजीकरणमा आफूले योगदान गर्ने प्रतिबद्धता जनाइन् ।

सूचना प्रविधि क्षेत्रमा विकासित पहुँचयुक्त एप्लिकेसन, एसिस्टिभ डिभाइस लगायतका विषयमा अभिमुखीकरण गराइ दृष्टिविहीन शिक्षकको कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

४ दिनसम्म चल्ने तालिममा पोखराका विभिन्न विद्यालयका ९ जना दृष्टिविहीन शिक्षक र ३ जना उच्च शिक्षा अध्ययनरत विद्यार्थीको सहभागिता छ । कार्यक्रममा सहजीकरण राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी अध्यक्ष खोमराज शर्माले गर्नेछन् । उनले सूचना प्रविधिमा पहुँच दृष्टिविहीनको वैकल्पिक आाखा र मर्यादित जीवनको आधार भएको बताए । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बोले हरेक हिसाबले विपन्नको हितमा काम गरिरहेको बताए ।

कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहीनको क्षमतामाथि समाजले गर्ने अविश्वास चिर्न दृष्टिविहीनहरु क्षमतावान हुनु पर्ने र सोका लागि उनीहरुको सूचना प्रविधिमा पहुँच अभिवृद्धि हुनुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width