मदरल्याण्डमा आकस्मिक रक्तदान

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७९
blood donation

पोखरा । पोखरामा रगतको अभाव भएपछि नेपाल युवा रेडक्रस सर्कल मदरल्याण्ड माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम गरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार विद्यालय परिसरमा भएको आकस्मिक रक्तदानमा १ सय ३३ युनिट संकलन भयो ।

रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डण्डराज शर्मा र विद्यालय निर्देशक त्रिभुवन शर्माले पहिलो रक्तदाता विद्यालयका प्राचार्य नारायण बराललाई संयुक्तरूपमा ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा शिक्षक, कर्मचारी तथा दसजोड दुईका विद्यार्थीले रक्तदानमा भाग लिएको विद्यालय प्राचार्य नारायण बरालले बताए ।

कार्यक्रम सञ्चालन शिक्षकनायक रोशन थायाले गरेका थिए । युवा सर्कलले बेलाबेलामा बालकेन्द्रित तथा परोपकारी यस्ता कार्यक्रम गर्दै आएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width