पोखरा । सिजी इलेक्ट्रोनिक्स (चौधरी ग्रुप) को निमन्त्रणामा एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चुनले नेपाल भ्रमणका साथै चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौं सतुंगलमा एलजीको टिभी एसेम्बली प्लान्टको उद्घाटन गरेका छन् । उनको यस भ्रमणले एलजी ईलेक्ट्रोनिक्स इंक, दक्षिण कोरिया र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यलाई संकेत गरेको छ ।
नेपालमा एसेम्बल गरिएका उत्पादनको गुणस्तर एलजीको मापदण्डअनुसार कायम राख्न एलजी इलेक्ट्रोनिक्स इंकका प्राविधिक विशेषज्ञको टोलीले नेपाली इन्जिनियरिङ टोलीलाई निरन्तर पर्यवेक्षण र सहयोग गर्दै आएको छ ।
भ्रमणका क्रममा चुनले एलजीको नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनलाई थप किफायती बनाउने अपेक्षा गरिएको बताए । भविष्यमा एलजीका होम एप्लाएन्स र इन्टरटेनमेन्ट एप्लाएन्स नेपालमै एसेम्बल र उत्पादन हुने जनाइएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले चुन र एलजी इलेक्ट्रोनिक्स इंकप्रति कृतज्ञता व्यक्त गर्दै नेपालमा एलजीजस्तो विश्वस्तरीय ब्रान्डसँग आवद्ध हुन पाउँदा गौरवान्वित भएको बताए । नेपालमा हाल एलजीका ८ वटा शोरुमहरु छन् ।
चुनले नेपालमा टिभी प्यानल निर्माण इकाइ स्थापना गर्ने सम्भाव्यता अवलोकन गर्न नवलपरासीको देवचुलीस्थित सिजी इन्डस्ट्रियल पार्क पनि भ्रमण गरेका छन् ।
एलजी इलेक्ट्रोनिक्स लगभग सबै देशमा उपस्थिति राख्ने, ७५ हजार बढी अन्तर्राष्ट्रिय कार्यबल भएको, टेक्नोलोजी र इलेक्ट्रोनिक्समा प्रभुत्व जमाएको, एक विश्वव्यापी आविष्कारक हो । दक्षिण कोरियाको सियोलमा मुख्यालय रहेको एलजीले २०२१ मा ६३ बिलियन अमेरिकन डलरभन्दा बढीको विश्वव्यापी व्यापार गरेको थियो । टिभी, होम एप्लाएन्स, एयर सोलुसन, मनिटर, सर्भिस रोबोट, अटोमोटिभ कम्पोनेन्टका साथै प्रिमियम एलजी सिग्नेचर र एलजी थिंन्क्यू, उपभोक्ता र व्यावसायिक उत्पादनको अग्रणी निर्माता, एलजीका विश्वभर परिचित ब्रान्ड हुन् ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१