पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, बाटुलेचौरको हीरक जयन्ती कार्यक्रम केन्द्रित गरी बिहीबार ¥याली प्रदर्शन गरिएको छ । विद्यालयले साउन २९ मा हुने पुनर्मिलन र साउन ३१ गते राष्ट्रपतिको आतिथ्यमा हीरक जयन्ती मूल समारोह समापन गर्दैछ । र्यालीका सहभागी शिक्षक, कर्मचारी तथा विद्यार्थीले सबैलाई यसबारे निम्तो दिएका थिए ।
विभिन्न ५ समूहमा विभाजित र्याली केआई सिंह पुलबाट सुरू भई दीप, अमरदीप, चण्डीका, मध्यम पथ, लामाचौर, अमला बिसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हँुुदै मैदान चोकमा पुगेर सम्पन्न भएको थियोे ।
कार्यक्रममा सहभागीलाई शिक्षक कर्मचारी विद्यार्थी समन्वय उपसमिति संयोजक खिमलाल अधिकारी, समूहगत संयोजक ईश्वर खड्का, लालकुमारी थापा, महेन्द्रप्रसाद पौडेल, माधव अधिकारी, मानबहादुर केसी र शिशिर पौडेलले गौरवपूर्ण हीरक जयन्ती सफल बनाउन सबैको जिम्मेवारी रहेको भन्दै र्यालीमा सहभागीलाई धन्यवाद दिए ।
पुनर्मिलनमा भूपू विद्यार्थी, कर्मचारी, शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरुबीच पुनर्मिलन हुनेछ भने साउन ३१ मा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य रहने विद्यालय प्रअ कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा विद्यालयको नवनिर्मित ३२ कोठे पक्की भवन उद्घाटन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाले बताइन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यालय कार्यसम्पादन मूल्यांकनमा विन्ध्यवासिनी देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट ५ मा पर्न भएको छ । २००४ सालमा स्थापित पोखराकै पुरानो यस विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१