नागडाँडा पोलिक्लिनिक संचालनमा

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७९
poly

हेमजा । अन्नपूर्ण गाउँपालिका १ मा नागडाँडा पोलिक्लिनिक संचालनमा आएको छ । स्थानीय तोयनाथ पौडेल, राजेन्द्र पौडेल, खगराज पौडेल, छविराज पौडेल, विजयकुमार पौडेल र अर्जुन अर्यालले १ करोड लगानीमा पोलिक्लिनिक संचालनमा ल्याएका हुन् ।

सो क्षेत्रवासीको स्वास्थ्य उपचारलाई ध्यान राखी पोलिक्लिनिक संचालनमा ल्याएको संचालक तोयनाथ पौडेलले बताए ।

पोलिक्लिनिक मार्फत पेट, छाती तथा मुटुरोग, हाडजोर्नी तथा नशारोग, प्रसूति तथा स्त्रीरोग, छाला तथा यौन रोग, नाक कान तथा घाँटी रोग, नवजात शिशु तथा बालरोग, दाँत उपचार, भाच्चिएको हातखुट्टाको प्लास्टर, चिरफार तथा ड्रेसिङ, रगत तथा दिसा पिसाब जाँच, इसिजी तथा एक्सरे साथै भिडियो एक्सरे सेवा उपलब्ध गराएको छ ।

३ बेड क्षमताको उक्त पोलिक्लिनिकले निकट भविष्यमा एम्बुलेम्स सेवा पनि संचालनमा ल्याउने बताइएको छ । पोलिक्लिनिक संचालनसँगै सामान्य उपचारका लागि पोखरा झर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने विश्वास रहेको सिम्पालीका शिवहरि सुवेदीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width