पोखरा । एसओएस बालग्राम गण्डकीले स्वर्णजयन्ती मनाएको छ । सो अवसरमा पोखरा उपत्यकास्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भयो ।
अग्रज फोटोग्राफर विश्वरत्न शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न स्थलगत चित्रकला प्रतियोगितामा पोखरा उपत्यकाका झन्डै ५० विद्यालयको सहभागिता थियो । प्रतियोगितामा सोसल पब्लिकका सौरभ लौगुण प्रथम, कास्की मोडनाइज्डका असिम धमाल द्वितीय, करुणानिधि एजुकेसन फाउन्डेसनका अडिसन सुवेदी तृतीय र शान्ति निकुञ्जका सुजन राई सान्त्वना भए ।
नेपाल अंग्रेजी भाषा शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष नवराज न्यौपानेको प्रमुख आतिथ्यमा भएको वक्तृत्वकला प्रतियोगितामा एसओएस गण्डकीका विशेष पौडेल प्रथम, गण्डकी बोर्डिङ स्कुलकी समता थापा द्वितीय, सैनिक आवासीय महाविद्यालयका सञ्जयचन्द्र थापा तृतीय तथा बालप्रभात माविका अपि कुँवरले सान्त्वना भए । प्रतियोगितामा पोखरा उपत्यकाका ४६ विद्यालयको सहभागिता थियो ।
विजयीलाई एसओएस बालग्राम गण्डकीका निर्देशक भगतकुमार श्रेष्ठ, युवालय गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य, विद्यालयका निमित्त प्राचार्य चूडामणि सुवेदी, प्रमुख अतिथिद्वय विश्वरत्न शाक्य र नवराज न्यौपाने, विद्यालयका सहप्रधानाध्यापक किरण सापकोटा तथा एसओएस हरमन माइनर शिक्षक–कर्मचारी कल्याणकारी युनियन अध्यक्ष टीकाराम सुवेदीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा एसओएस बालग्रामबाट अवकाशप्राप्त आमा शारदा पराजुलीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बालग्राममा बसोबास गर्ने विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । संस्था स्थापना दिवसका उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए ।
स्वर्णजयन्ती समारोहमा एसओएस सामाजिक केन्द्र गण्डकीका संयोजक राजेन्द्र रेग्मी, बालग्राम गण्डकी उपनिर्देशक भवानी बस्नेत, युवालय गण्डकीका उपनिर्देशक बाबुराम बराल, बालग्राम गण्डकी आमा प्रतिनिधि सीता केसी, युथ क्लबका अध्यक्ष सुरेश भुजेल, माछापुच्छ«े बाल क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।
अभिभावकविहीन अनाथ र असहाय बालबालिकालाई संरक्षण दिंदै उनीहरूको शिक्षादीक्षाको यथोचित प्रबन्ध गर्ने उद्देश्यले सन् १९८२ मा एसओएस नेपालको स्थापना भएको हो । विद्यालयले विभिन्न रचनात्मक कार्यक्रम गरी वर्षेनि संस्थाको स्थापना दिवस मनाउँदै आएको छ । हाल एसओएस बालग्राम गण्डकीको संरक्षणमा झन्डै डेढ सय बालबालिका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१