दर्शन लामाले बाँडे पोशाक

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
Darshan Lama News

पोखरा । पोखरा वडा १३ का निवर्तमान वडाध्यक्ष दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक वितरण गरेका छन् । पोखरा १३ अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयका सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् ।

नेकपा एमालेका कास्की जिल्ला उपसचिव समेत रहेका लामाले विद्यार्थीहरुको प्रोत्साहनका लागि सहयोग गरेको बताए ।

विद्यालय प्रअ विमल बरालले लामाको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै सकरात्मक सन्देश प्रवाह भएको बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बरालले बताए ।

निवर्तमान वडाध्यक्ष लामाले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर उकास्नका लागि विभिन्न कार्यक्रमहरुसमेत सम्पन्न गरिसकेका छन् । उनले वडाको शिक्षामा एकरुपता ल्याउनका लागि पाठ्यक्रम (लेसन प्लान) बनाएका थिए भने सामुदायिक विद्यालयमा बस समेत खरिद गरेका थिए । यसैगरी भद्रकाली माविमा पक्की भवन समेत निर्माण गरेका थिए । उनले यसअघि वडाका निजी तथा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width