भरतपोखरीका विकास योजनाबारे ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
bharatpokhari nc

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं ३३, भरतपोखरी इकाइ समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेश सरकारका मन्त्री समक्ष भरतपोखरीमा आवश्यक विकासका योजनाबारे ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस पोखरा ३३ इकाइ समितिको संयोजनमा काग्रेस नेता एवं अगुवा कार्यकर्तासहितको टोलीले मुख्यमन्त्री पोखरेल, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापालाई छुट्टाछुट्टै भेटी भरतपोखरी क्षेत्रमा सडक कालोपत्रे, स्तरोन्नति, खानेपानी, सामूदायिक भवन निर्माण, सिँचाइ, सूचना तथा सञ्चार, युवा तथा खेलकुद, ज्येष्ठ नागरिक लगायत क्षेत्रमा गर्नैपर्ने अत्यावश्यक कामबारे ध्यानाकर्षण गराएको हो ।
भेटमा मुख्यमन्त्री तथा मन्त्रीहरूले कांग्रेस भरतपोखरी इकाइका तर्फबाट उठाइएका विषयलाई गम्भीरताका साथ लिँदै उचित सम्बोधनका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।
भेटमा वडा इकाइ समिति सभापति रामचन्द्र पौडेल, महासमिति सदस्य केशरप्रसाद निर्दोषी, पूर्व जिल्ला सदस्य विष्णुप्रसाद पौडेल, इकाइ सहसभापति दिनेश आचार्य लगायतले भरतपोखरी क्षेत्रका जनताको अपेक्षा अनुरुप विकास निर्माणका कामलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उक्त अवसरमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जनभावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width