पोखरा, १२ साउन । कोरोना बिमावापतको रकम भुक्तान नभएको भन्दै पोखराको एक सहकारी संस्थाले कानुनी उपचार खोज्ने चेतावनी दिएको छ ।
पोखरामा २२ वर्षदेखि सञ्चालित सञ्चय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेयर सदस्यमध्ये ५५ जनाको कोरोना बिमावापतको रकम दाबी गरेकोमा ४ जनालाई मात्र दिलाएपछि सो चेतावनी दिएको हो ।
सहकारीले गत वर्ष जेठ २७ मा १ हजार ४ सय ५० जना सदस्य कोरोना संक्रमित भए नेपाल इन्स्योरेन्स कम्पनी पोखरा शाखामा प्रतिसदस्य १ लाख पाउने गरी सामूहिकरुपमा संस्थागत बिमा गरेको थियो । तीमध्ये बिमा दाबीका लागि तोकिएको अवधिमा ५५ सदस्य कोरोना संक्रमित भै बिमाको रकम भुक्तानीका लागि संस्थाकै पहलमा गत असोज ११ मा पहिलो दाबी परेको थियो । तर ९ महिना बितिसक्दा पनि रकम भुक्तानी नदिइएको सहकारीका अध्यक्ष नारायण कार्कीले मंगलबार विज्ञप्तिमार्फत जनाएका हुन् ।
५५ जनाको दाबीमध्ये ४ सदस्यले मात्र रकम पाएको बताइएको छ । अन्य ६ जनाको रकम खातामा हाल्दिन्छु भनेर संस्थाका प्रबन्धक सूर्यप्रसाद बराललाई सही गराएको ३ महिना बितिसक्दा पनि रकम जम्मा भएको छैन । साथै बिमा कम्पनीमा पटकपटक लिखित र मौखिक ताकेता गर्दा सरकारले रकम उपलब्ध नगराएको भन्दै पन्छिने गरेको पाइएको छ । बिमा पोलिसीमा सरकारले रकम उपलब्ध गराएपछि मात्र दिइने भनी कही कतै उल्लेख नभएको उल्लेख गर्दै सहकारीले दाबी रकम समयमा भुक्तानी गर्न माग गरेको छ ।
कास्की जिल्ला कार्यक्षेत्र भएको प्रादेशिकस्तरको सो सञ्चय सहकारीमा हाल १ हजार ५ सय ६१ सेयर सदस्य छन्।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१