पोखरा । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम भएको छ । लायन वर्ष २०२०/०२१ का अध्यक्ष नीरज पन्तले लायन वर्ष २०२१/२२ का अध्यक्ष एकराज गिरीलाई एक कार्यक्रमबीच पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अघिल्लो वर्षका अध्यक्ष पन्तले गत वर्ष क्लबबाट गरिएको सामाजिक कार्यमा भएको प्रगति तथा समीक्षा प्रस्तुत गरे ।
क्लब अध्यक्ष एकराज गिरीले कोभिडको संक्रमणका बेला सामाजिक क्लबको दायित्व अझ बढी हुने बताए । उनले क्लबको दिगोपन तथा सामाजिक कार्यको दीर्घकालीन योजनाका लागि क्लबको कोष स्थापनाको घोषणा गरेका छन् । कोषमा यो वर्षमै रु ५ लाख जम्मा गर्ने लक्ष्य सहित अध्यक्ष गिरीले आफ्नो व्यक्तिगततर्फबाट ५० हजार कोषका लागि हस्तान्तरण गरेका छन् । उनले प्रभावकारी सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका एडभाइजर सुदीप पौडेलले सहरमा भन्दा गाउँ केन्द्रित कार्यक्रम गर्न सके मात्र लक्षित वर्गसम्म पुग्न सकिने बताए । उनले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विष्णुबाबु खड्का, तृतीय उपाध्यक्ष अर्जुन केसी, घनश्याम गौतम, पदम पाण्डे, दीपेन्द्र गुप्ता लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सुजन श्रेष्ठ र सन्जय मल्लले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१