जेसिआइ व्यासको निशुल्क एम्बुलेन्स सेवा

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
jci vyas nagar ambulance

दमौली । जेसिआइ व्यास नगरले नगर क्षेत्र तथा आसपासका गर्भवती, सुत्केरी, अशक्त तथा दुर्घटनामा परेकाको उद्धारका लागि निशुल्क एम्बुलेन्स सेवा थालेको छ । कोभिड संकटका कारण एम्बुलेन्स नपाएको गुनासो सुनिएका बेला जेसिआइले सेवा थालेको हो ।

एम्बुलेन्समा जान जोखिम देखिएका तथा एम्बुलेन्स नै नपाएर समस्यामा परेकाको सेवाका लागि भन्दै क्लबले शनिबारबाट सेवा थालेको हो । ‘मानिसको ज्यान गइरहेको छ, संक्रमित बढिरहेका छन्,’ क्लब अध्यक्ष लक्ष्मीभक्त खनालले भने,‘ मान्छेको ज्यान बचाउन र सुरक्षित अवस्थामा अस्पताल पु¥याउन सेवा थालेका हौं ।’

क्लबका पदाधिकारी अनुप दाहालले आफ्नो साधन निषेधाज्ञा अवधिभर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्रशासन र व्यास नगरपालिकाले पनि सेवाका लागि अनुमति दिँदै सघाउने प्रतिबद्धता जनाएको छ ।

क्लबका महासचिव अजर नागिलाले यसका लागि तत्काल क्लब सदस्यबाटै सहयोगको प्रतिबद्धता आए पनि थप शुभेच्छुकको साथ अपेक्षा गरेको बताए ।

सेवा लिन चाहने जोकोहीले उपलब्ध नम्बरमा फोन गर्न सक्ने उपाध्यक्ष पवन पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width