बुटवल, १४ कार्तिक । सामाजिक रुपान्तरणको चर्को वकालत गरेपनि हामी कहाँ अझै वालविवाह रोकिएको छैन । सरकारी तथा गैरसरकारकारी संघ संस्थाहरुले सचेतनाका नाममा ठुलोधनराशी खर्च गरेपनि लुम्बिनी प्रदेशमा वालविवाहका घटना सार्वजनिक भैरहेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वालविवाह पहाडि जिल्लामै बढि देखिएको छ। प्रहरीले दिएको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन । ति मध्ये २७ वटा बालविवाह १६ देखि १८ वर्ष उमेर समुहकाले गरेका छन् ।
प्रहरी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा बढि बालविवाहका घटना हुनेमा प्यूठान रहेको छ । जहाँ तिन वर्षमा १९ वटा बालविवाहका घटना भएका छन्। सार्वजनिक नभएका घटना त अझै कति छन् । दाङ दोस्रो स्थानमा रहेको छ । दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ ।
तीन वर्षको अवधिमै बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा १/१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ । प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।
प्रहरीकोमा दर्ता भएका घटनाका मात्र आफुहरुले सार्वजनिक गरेका उनको भनाई रहेको छ । यसरी वालविवाह गर्नेहरुको तथ्याङ्क अध्ययन गर्दा जातिय आधारमा सबै भन्दा वढि ब्राम्हण क्षेत्री रहेका छन् । सोहि समुदायका बालवालिकाहरु वढि पिडित भएको देखिन्छ ।
बालविवाहको तथ्याङ्क हेर्दा ब्राम्हण क्षेत्री समुदायका १६ वटा बालविवाहका घटना भएका छन् भने जनजातिका पनि १६ वटै वालविवाहका घटना दर्ता भएका छन् । दलित समुदायका ९ तथा मधेशी समुदायका ८ वटा वालविवाहका घटना भएका छन् ।
घटना अनुसन्धान गर्दा अघिकांश घटना आर्थिक लालच देखि आफन्तको दवाबमा भएको देखिएको प्रहरीले बताएको छ। मधेशका कतिपय समुदायमा बालविवाहको प्रचलन रहेको भनिएपनि उनिहरुका अधिकांश घटना ढाकछोप गर्ने गरिएको प्रहरीको अनुमान छ।
बालविवाह विरुद्ध प्रहरीको अभियान
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बालविवाह बिरुद्ध १५ दिने सचेतना अभियानको थालनी गरेको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरुमा त्यस्तो अभियान शुक्रवारदेखि सुरु गरिएको हो । स्थानीय सरकार तथा विभिन्न संघ–संस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामुलक अभियान संचालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए ।
प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम संचालन हुने अभियानमा मातहतका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५/५ वटा कार्यक्रम संचालन गर्ने भएका छन्। त्यस्तै वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम संचालन गरिने छन् । कार्यक्रम अन्तगर्त प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बनाएर प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २/३ जनाको समुहमा अभियानबारे जानकारी गराउने लगायत रहेको प्रदेश प्रहरीको भनाई छ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१