पोखरामा मनाइयो हुलाक दिवस

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७७
hulak

पोखरा । विश्व हुलाक दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

१४६ औं विश्व हुलाक दिवस तथा ५१ औं नेपाल हुलाक दिवस अवसरमा विभिन्न कार्यक्रम गरिएको हो । हुलाक निर्देशनालय पोखराले सरसफाइ र फूल विरुवा रोपेर दिवस मनाएको निर्देशक कीर्तनराज पौडेलले बताए ।

उनले पहिलो सेवाग्राही मिलन दुलाललाई टीका र खादा लगाएर स्वागत गरेका थिए । पार्दी हुलाक निर्देशनालयको कार्यालय परिसरभित्र सरसफाइ गरिएको छ भने फूलरोपण गरिएको छ ।

कार्यालय परिसरको गेटदेखि भित्र बाटोको दायाँबायाँ धुपी लगायत विभिन्न प्रकारका एक सय बिरुवा रोपिएको निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width