पोखरा, ९ असोज । पोखरा जेसीजले आमामी असोज ११ गते देखि सप्ताहव्यापी ‘जेसिज सप्ताह–२०२०’ कार्यक्रम गर्ने भएको छ ।
‘असल समाजका लागि युवा नेतृत्व’ भन्ने मुल मन्त्रकासाथ अघि बढ्दै पोखरा जेसिजले विभिन्न विषय मुलक सामाजिक कार्य गर्ने तयारी गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको स्थितिमा समेत जेसीजले समाजमा सकरात्मक सूचना सम्प्रेषण गर्नका निम्ति साप्ताहिका कार्यक्रमको आयोजना गर्न लागेको हो ।
सो कार्यक्रम असोज ११ गते आइतवारदेखि १७ गते शनिवारसम्म विभिन्न कार्यक्रम सहित मनाउन लागिएको हो । कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यस्तै पोखरामहानगमा उद्दार गरिएका बालबालिकालाई लक्षित गर्दै अन्नपूर्ण गाउँपालिका लेवाडेमा स्वास्थ्य तथा शैक्षिक सामग्री हस्तान्तरण गरिने छ ।
महिला लक्षित गर्दै महिला स्वास्थ्य सचेतना तथा सेनेटरी प्याड बनाउने तालिम त्यसतै खाध सामाग्री तथा युवा लक्षित कार्यक्रम गर्न लागेको हो शुक्रवार भर्चुअल मार्फत पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए ।
विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रमको आयोजना गर्न लागेको खड्काले बताए । जेसिजले आफ्नो बार्षिक कार्ययोजनालाई निरन्तरता दिदैँ साप्ताहिक कार्यक्रम गर्न लागेको उनको भनाई रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासघं कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिकुल अवस्थामा समेत सामाजिक कार्यलाई आत्मसाथ गर्नु सरानिय कार्य रहेको बताए ।
‘कोरोना महामारीले ग्रसित समयमा समेत यस्ता किसिमको कार्य गर्दा सकरात्मक पक्ष हो । हामि रोग संग डराउने होइन लड्ने हो’ श्रेष्ठले भने । कार्यक्रमको सफलताको शुभकामना दिर्दै माक्स तथा स्वास्थ्य मापदण्डको समेत पालना गर्न आग्रह गरे । त्यस्तै जेसिज २०२० का अध्यक्ष शिवप्रसाद सापकोटाले वर्षभरकै उत्कृष्ट कार्य भएकाले कार्यक्रमलाई भव्य बनाउन सबैलाई सहयोग गर्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१