काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बुधबार परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो ।
परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।’
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ ।
सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१