पोखरा । पोखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पेआइसोलेशन’ रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै जाँदा आइसोलेसन वार्डको अभाव हुनसक्ने भन्दै लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लैजानु नपर्र्ने अवस्था भएका सङ्क्रमितहरुका लागि होटलहरुको प्रयोग गर्न सकिने उनले बताए ।
उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइसोलेसन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइसोलेसन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।
पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र र्यालेलेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने १ हजार २ सय २७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल २ वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले बताए । गण्डकीमा सङ्क्रमतिको सङ्ख्या १ हजार ८ सय ९१ रहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१