काठमाडौँ, १६ वैशाख । सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीबाट दक्षिण कोरिया गएर बिदामा नेपाल फर्केका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै बिदामा नेपालमा रहेका व्यक्तिले स्वेच्छाले आफ्नो काममा फर्की जान चाहनेलाई विभागअन्तर्गत रहेको इपिएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो ।
कोरोना महामारीअघि बिदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यही अलपत्र परेका थिए ।
यद्यपि यसबीचमा कोरियाबाट कति नेपाली श्रमिक बिदामा नेपाल आएका छन् भन्ने तथ्याङ्क आफूहरुसँग् नभएको इपिएस कोरिया शाखाले जनाएको छ । गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा त्यस्ता कामदारको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको छ । करीब २५० कामदार बिदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । कोरियामा कोभिड–१९ को महामारी बिस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् ।
विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको बिदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्कन भनिरहने तर लकडाउनका कारण फर्कन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।
पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट गर्ने तयारी भइरहेको छ । जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइने छ । दक्षिण कोरिया फर्कनेले टिकटबापत रु एक लाख १३ हजार ७७५ बुधबार अपराह्न २ बजेभित्र बुझाउन सङ्घले आग्रह गरेको छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१