रोकिएनन् महिला हिंसा र बलात्कार

सम्पादक
माघ ९, २०६९

१. महिला अधिकारकर्मीहरू महिला हिंसा र बलात्कारका घटनाविरुद्ध लामो समयदेखि सडक तताएर नाराबाजी गरिरहेका छन्। प्रधानमन्त्री डा. बाबुराम भट्टराई महिला हिंसा र बलात्कार गर्नेमाथि कडा कारबाही गर्ने आश्वासन दिइरहेका छन्। तर त्यस्तो घटना घट्नुको साटो बढ्दै गएका छन्। दैनिकजसो पत्रपत्रिकामा नयाँ-नयाँ त्यस्तो घटना छापिएका छन्।

२. आफ्नै पतिले पत्नीलाई घाँटी रेटेर हत्या गरेको, बाबु आमाले आफ्नै छोरीलाई जलाएको, बाबुले आफ्नै छोरीलाई यौन सर्म्पर्क राखेको, भर्खरको नाबालिकालाई यौन दुर्र्व्यवहार गरेका आदि इत्यादि घटना दिनहूँझैं पत्रपत्रिकामा छापिएका छन्। तर त्यसरी अपराध गर्नेहरूलाई के कसरी र कस्तो कारबाही भयो, त्यो कुरा राम्ररी आएको छैन।

३.     अस्ति मात्र पाल्पामा महिला हिंसाको घटनाका सम्बन्धमा प्रशासनले कर्फ्यू लगाउनुपर्ने स्थिति सिर्जना भयो। एक महिना पहिले बेपत्ता भएकी सोनु श्रेष्ठको शब बोरामा बाँधेर फालेको अवस्थामा स्थानीय परेवाघाटमा फेला पारिएको थियो। स्थानीय बासिन्दाले सोनुको हत्या भएको र हत्याको अनुसन्धान राम्ररी नगरेको भन्दै प्रहरीचौकी घेराउ गरेका थिए।

४. यस्ता घटना धेरै ठाउँमा भएका छन्। तर कारबाही राम्ररी भएको छैन। कारबाही मात्र होइन, कतिपय केशमा अनुसन्धान पनि गरिएको छैन। केहीमा अनुसन्धान गरिए पनि त्यो कुरा सम्बन्धित पक्षलाई अवगत गराइएको छैन। प्रशासनको त्यस्तो काम कुराले पनि मानिसहरू आन्दोलित हुने गरेका छन्। नेपालमा यस्तो घटना महिला हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन गर्दादेखि बढी आउने गरेका छन्।

५. महिला हिंसा र बलात्कारका यी घटना समाजमा आएको विकृति र विस·तिका परिणाम हुन्। यी घटनाले समाज के कति गिरिसक्यो भन्ने कुरा र्छल· पारेको छ। तैपनि त्यसलाई के कसरी सुधार गर्ने भन्ने सम्बन्धमा कसैको ध्यान गएको छैन। समाजमा फैलिएको दण्डहीनताले पनि यस्तो घटना गर्नेलाई प्रोत्साहित गरेको छ।

६. देशमा विद्यमान अन्तरिमकाल र राजनीतिमा आएको विकृति र विस·ति पनि यसको प्रत्यक्ष परोक्ष कारक हुन्। समाजमा देखिएको विकृति र विस·ति हटाउन राजनीतिमा विद्यमान विकृति र विस·ति हटाउनुपर्दछ। राजनीतिलाई नीतिगत लिकबाट चलाउने प्रयास गर्नुपर्दछ। राजनीति स्वच्छ नभइकन अरु क्षेत्र स्वच्छ र सफा हुन सक्दैन।

७. महिला हत्या र हिंसाका घटना समाजमा पर्याप्त छ। अझै कतिपय घटना बाहिर नआएको पनि हुन सक्छ। बलात्कारका घटना धेरै ढाकछोप गर्ने चलन छ। महिलाको इज्जत भविष्य जोडिएको घटना भएकाले जो पायो त्यसले त्यो कुरा खोल्दैनन्। फेरि कुरा बाहिर ल्याएर पनि अपराध गर्नेलाई दण्ड सजायँ गरिन्छ भन्ने ग्यारेण्टी पनि छैन। त्यो जे भए पनि महिलाले त्यस्तो घटना लुकाउनु छिपाउनुहुँदैन। महिला अधिकारकर्मीहरूको सहयोगमा त्यस्तो घटनाको पर्दाफास गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width