बहादुर हवल्दार रानालाई सलाम

सम्पादक
असार १६, २०७४

१. प्रहरी हवल्दार दुर्गाबहादुर राना अहिले चर्चाको शिखरमा पुगेका छन्। उनले बुधबार दाङ जिल्लाको तुलसीपुर उप-महानगरपालिकाको प्रतापको आधारभूत विद्यालय, अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम भुइमा खस्न नपाउँदै हातले समातेर बाहिर फाली धेरैको ज्यान जोगाएका थिए।

२. संवेदनशील सूचीमा परेको त्यो केन्द्रमा मतदान शुरु भएको साढे दुर्इ घण्टा जति हुन लाग्दा बाहिरबाट त्यो बम फालिएको थियो। उनले त्यसरी फालेको कुरा बम हो भन्ने अनुमान गरी हातले समातेर त्यसलाई कम्पाउण्ड बाहिर फालिदिएका थिए। त्यसरी फालेको लगत्तै त्यो बम पड्किएको थियो।

३. मतदान केन्द्रमा पड्किएको भए त्यसले पंक्तिबद्ध बसेका मतदाताहरू केहीको ज्यान जाने र धेरै घाइते हुन सक्थ्यो। उनले आफ्नो ज्यानको माया मारेर त्यो बहादुरी देखाएका थिए। उनको बहादुरी साहसको सर्वत्र प्रशंसा भएको छ। गृहमन्त्री जनार्दन शर्माले पनि उनको बहादुरीको प्रशंसा गरेका छन्।

४.दुर्गाबहादुर राना सल्यान जिल्लाको शारदा नगरपालिका शीतल पाटीका बासिन्दा हुन् भने उनी नेपाल प्रहरीको पहरा गण सामाखुशीमा प्रहरी हवल्दारका रुपमा कार्यरत छन्। उनी निर्वाचन केन्द्रको सुरक्षा दिनका लागि एक साता पहिले त्यहाँ गएका थिए। उनको त्यस कार्यले गर्दा मतदान शान्तिपूर्वर्क सम्पन्न भएको थियो।

५. दाङको त्यो क्षेत्र विप्लव माओवादीको प्रभाव क्षेत्र मानिन्छ। त्यसैले सरकारले त्यसलाई संवेदनशील क्षेत्रमा राखेको थियो। त्यो विस्फोट पनि विप्लवकै कार्यकर्ताले गरेको अनुमान गरिएको छ। विस्फोटक पदार्थ फ्याक्ने कार्यकर्ताहरू विद्यालयको ड्रेसमा आएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

६. विप्लव माओवादीले यस पटक पनि ध्वंशात्मक कृयाकलाप गरेर चुनाव विथोल्ने प्रयास गरेका थिए भने राष्ट्रिय जनता पार्टीे चुनाव बहिष्कार गरेका थिए। तर सर्वसाधारण मतदाता चुनावमा जेजसरी आकषिर्त भए र सहभागी भए, त्यसले ती दुवै पार्टीको घोषणा लत्याएको  प्रष्ट भएको छ।

७. चुनावमा अत्यधिक जनता सहभागी भएर उत्साहपूर्ण वातावरण बनाएका छन्। औसतमा ७० प्रतिशत भन्दा बढी मत खस्नु लोकतन्त्रको लागि एउटा राम्रो लक्षण हो। आतङ्क र बहिष्कारलाई जनताले सहँदैन भन्ने पनि प्रष्ट भएको छ। एक जना प्रहरी  हवल्दारले विप्लव माओवादीको कहिले देखिको प्रयास विफल बनाइ दिएका छन्। त्यस्ता बहादुर हवल्दार रानालाई हामी पनि सलाम गर्दछौँ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग