पोखरामा पनि बर्ड फ्लू

सम्पादक
माघ ५, २०६९

१. केही दिन पहिले धादिङ र काठमाडौंमा देखिएको बर्ड फ्लू अहिले पोखरामा देखिएको छ। पोखराको विभिन्न चार ठाउँमा बर्ड फ्लू देखिएपछि त्यो यहाँ चर्चा र चिन्ताको विषय भएको छ। पोखराको बिरौटाको काउसेघारी, लेकसाइड नजिकै रहेको सराङकोट गाविसको सेती बगर, सिम्पानी र बाटुलेचौरको पोल्ट्री फार्ममा त्यो सङ्क्रमण देखिएको छ।

२. ल्याब परीक्षणमा ती ठाउँको कुखुरामा बर्ड फ्लूको सङ्क्रमण देखिएको पुष्टि भएपछि ती ठाउँका कुखुराहरू नष्ट गरिएको छ। क्षेत्रीय पशु निर्देशनालयका अनुसार कुखुरापालक किसानलाई त्यसरी उनीहरूको कुखुरा नष्ट गरिएबापत प्रतिचल्ला ५० र चार हप्ताभन्दा माथिका कुखुराको लागि रु. एक सय तीस तथा दाना प्रतिकेजी १० रुपैयाँ राहतस्वरुप प्रदान गरिएको छ।

३.     निर्देशनालयका अनुसार कुखुरा तथा चल्लामा र्‍याल काढ्ने, घ्यार-घ्यार गर्ने, दानापानी कम खाने जस्ता लक्षण देखिनु बर्ड फ्लूको सड्ढेत हो। कुखुरामा त्यस्तो सड्ढेत देखा परे तुरुन्त सम्बन्धित कार्यालयमा खबर गर्नुपर्दछ। फार्म नजिकको ठूलो र घना जनसङ्ख्या भएको ठाउँलाई बढी निगरानीको खाँचो पर्दछ।

४. विशेषज्ञहरूका अनुसार पोखराको चारै ठाउँमा गरेका कुखुराको नमुना परीक्षण गर्दा एच-५ र एच-९ देखिएको छ। एच-५ मान्छेमा समेत सर्न सक्ने खतरा रहन्छ। बर्ड फ्लू देखिएको ठाउँमा दुर्इ महिनासम्म कुखुरा तथा कुखुराजन्य पदार्थ फार्म राख्नुहुँदैन। यो मौसम परिवर्तनको समय भएकोले विभिन्न पंक्षीहरू आउने र तिनीहरूले बर्ड फ्लूको सङ्क्रमण ल्याउने सम्भावना छ।

५. पोखरामा यो बर्ड फ्लूको सङ्क्रमण हावाको माध्यमबाट सरेको अुनमान गरिएको छ।स्वास्थ्य विशेषज्ञहरू यसबाट केही सतर्क हुनु राम्रो हुने कुरा बताउँछन्। तर आत्तिइहाल्नुपर्ने स्थिति भने नरहेको पनि उनीहरू नै बताउँछन्। उनीहरू कुखुराको मासु राम्ररी पकाएर खानुपर्ने सिफारिस गर्दछन्।

६.     अहिले विवाहको मौसम छ। विवाहमा कुखुराको मासु खानु आम कुरा हो। त्यसमा पनि अहिले विवाहको परिकार क्याटरिङले तयार गर्ने संस्कृतिको विकास भएको छ। यस स्थितिमा क्याटरिङवालाहरूले विशेष ख्याल राख्नु आवश्यक छ। उनीहरूले कुखुराको परिकार राखिएको छ भने त्यसलाई राम्ररी पकाउनुपर्दछ। यो उनीहरूको दायित्वको कुरा हो।

७. बर्ड फ्लू एक किसिमको महामारी रोग हो। यो देखेपछि रोग देखिएको फार्मका सबै कुखुरा मार्नुपर्दछ। अझ होसियारी देखाउने हो भने त्यसको आसपासका फार्मका कुखुरा पनि नष्ट गर्नुपर्दछ। यसपटक पोखरामा देखिएको चार फार्मका दुर्इ हजारभन्दा कुखुरा नष्ट गरिएको छ। वरपरका फार्महरू तथा अहिले कुखुराको मासु खानेहरूले विशेष सतर्कता अपनाउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width