दोस्रो चरणको चुनाव

सम्पादक
असार १४, २०७४

१. आज प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। यस अघि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न भएको थियो। दोस्रो चरणको यो निर्वाचन भएपछि प्रदेश नं. २ मा आश्विनको २ गते मतदान हुने भएको छ। प्रदेश नम्बर २ मा निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनको काम सबै पूरा भएको मानिनेछ।

२. पहिलो चरणको निर्वाचन भन्दा दोश्रो चरणको निर्वाचन अलि बेग्लै माहौलमा हुन गइरहेको छ। शुरुमा दोस्रो चरणको निर्वाचन होला कि नहोला भन्ने पनि थियो। राष्ट्रिय जनता पार्टीले एकातिर चुनाव बहिष्कारको घोषणा गरेको छ भने अकोर्तिर विप्लव माओवादीले यताउता विष्फोट आदि गराएर डर त्रासको वातावरण सिर्जना गर्दैछ।

३. यस पटकको चुनाव शुद्ध वर्षामा हुन गइरहेको छ। वर्षाको मौसम भएकोले खेतीपाती गर्ने किसानहरूलाई खेतबारीमा व्यस्त हुनुपर्ने अवस्था छ भने अकोर्तिर वर्षाको संभावना पनि उत्तिकै छ। मौसम विज्ञहरूले यस दिन कतै धेरै र कतै थोरै  पानी पर्ने संकेत दिएका छन्। अकोर्तिर गर्मी चर्केको बेला छ।

४. पहिलो चुनाव भन्दा यो दोस्रो चुनाव बढी प्रतिस्पर्धात्मक छ। अहिले भूतपूव प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र केपी ओलीको चुनाव क्षेत्रमा चुनाव हुँदैछ भने प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमा पनि आज नै चुनाव हुन गइरहेको छ। ती क्षेत्रहरूको चुनाव र चुनाव परिणाम सबैका लागि कौतूहल र प्रतीक्षाको विषय भएको छ।

५. पहिलो चरणको चुनावमा एमाले केही सीटले काँग्रेस भन्दा अघि थियो भने अहिले परिणाम कस्तो आउँला भन्ने जिज्ञासा पनि छ। काँग्रेसले अफू पहिलो नम्बरमा आउने आँकलन गरिरहेको छ।, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस पटक आफ्नो जीतले काँग्रेस र एमालेलाई आर्श्चर्यमा पार्ने बताएका छन्।

६. सरकारले ५ नम्बर प्रदेश फुटाउन खोज्दा त्यसको विरुद्धमा त्यस प्रदेशमा ठूलो आन्दोलन भएको थियो। आन्दोलनमा एमाले संस्थागत रुपले लागेको थियो भने काँग्रेस र माओवादी केन्द्रका त्यस क्षेत्रका नेताहरू संलग्न थिए। त्यस आन्दोलनको प्रभाव मतदाताहरूमा केकति परेको छ भनी हेर्नेहरू पनि छन्।

७. राष्ट्रिय जनता पार्टीका स्थानीय नेताहरू चुनावमा उम्मेदवार नै भएकाले त्यसको सकारात्मक सन्देश गएको पनि देखिएको छ। विप्लव माओवादीले आफ्नो अस्तित्व देखाउन कहिँ कतै विस्फोट गराए पनि त्यसको असर सीमित ठाउँमा मात्र छ। मौसम बाहेक अरु वातावरण अनुकूल छ। अनुकूल वातावरणमा चुनाव हुनु राम्रो कुरा हो। यसले सरकारलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग