तराई र पहाडको सुधार्नुपर्ने व्यवहार

सम्पादक
असार १३, २०७४

१. हाम्रो देशमा हिमाल, पहाड र तराई छन्। यिनीहरूमा विविधता छन्। विविधतामा एकता हाम्रो विशेषता भएको छ। यसमा हामीले गर्व गर्दै आएका छौँ। तर केही समयदेखि मधेसको मुद्दा चर्केर आएको छ। जति यो मुद्दा चर्केर आएको छ, उति त्यो मुद्दाप्रतिको हाम्रो दृष्टिकोण पनि फरक हुँदै आएको छ। हाम्रो मनस्थिति नै विभाजित हुन खोजे जस्तो भएको छ।

२. मधेसमा बस्नेहरूले पहाडीयालाई हेर्ने दृष्टिकोण र पहाडमा बस्नेहरूले मधेसमा बस्नेहरूलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएको छ। दुवैको दृष्टिोण असहिष्णु बन्दै गएको छ। मधेसवादी पार्टीरूले सरकारसँग राखेका मागहरू र सरकारले ती मागहरूमध्ये कतिपय माग पूरा गर्दै गएकोमा केहीलाई असह्य भएको छ।

३. एउटै देशका नागरिकमा यस्तो भावना आउनु दुःखद् कुरा हो। मधेसवादी पार्टीरूले आफूलाई केही परिर्वर्तन गर्न खोजेको देखिएको छ। मधेसवादी पार्टीरूले केही समयदेखि अन्य पार्टीरूसँग एकीकृत भएर काम गर्न थालेका छन्। त्यसरी काम गर्न थालेपछि तिनीहरूलाई मधेसवादी भन्न नहुने भएको छ।

४. अन्य मधेसवादीहरूले पनि आफूहरू एकीकृत भएर राष्ट्रिय जनता पार्टीका नाममा संगठित भएका छन्। त्यसरी संगठित हुनु सायद उनीहरूले आफूलाई मधेसवादी नभनून् भनेर हुन सक्दछ। त्यसरी संगठित भएर नयाँ रुपमा आएपछि उनीहरूले नेपालको राष्ट्रिय झण्डा लिएर कार्यक्रम सञ्चालन गर्दैछन्। यो पनि उनीहरूको परिवर्तित मनस्थितिको परिचायक हुन सक्दछ।

५.त्यसलाई हामीले कुन रुपमा लिने ? सधैँ शंका उपशंका गरेर पनि हुँदैन। सधैँ नकारात्मक विचारले पनि हुँदैन। मधेसीहरू हाम्रै देशका नागरिक हुन्। हाम्रै समाजका अभिन्न अंग हुन्। यो वास्तविकतालाई हामीले मनन गर्न सक्नु पर्दछ। उनीहरूले उपेक्षित भएको सम्झेका छन् भने त्यो उपेक्षा भावलाई हामीले हटाउन पनि सक्नु पर्‍यो।

६. नयाँ संविधान घोषणा हुँदादेखि मधेसवादीहरूको असन्तुष्टि रहेको छ। उनीहरूको आन्दोलनलाई सघाउ पुर्‍याउन छिमेकी भारतले जेजसरी नेपालमाथि नाकाबन्दी गर्‍यो, त्यसले अनेक शंका जन्माएको छ। त्यसलाई हामी अन्यथा भन्दैनौँ। तर भारतले नेपालमाथि नाकाबन्दी गरेको घटना त्यो पहिलो होइन। त्यो कुरालाई पनि स्मरण गर्नु आवश्यक छ।

७. स्थानीय तहको यो दोस्रो चरणको चुनावले केही सकारात्मक सन्देश पनि दिएको छ। राष्ट्रिय जनता पार्टीो चुनाव विथोल्ने निर्णय एक किसिमले कागजमा सीमित भएको छ। त्यस पार्टीका केही नेता र कार्यकर्ताहरू स्वतन्त्र रुपमा चुनावमा उम्मेदवार समेत भएका छन्। यो सकारात्मक कुरा हो। यस अवस्थामा हामीले उनीहरूप्रति विषवमन गरेर पराईको व्यवहार गर्नु हुँदैन। तराई र पहाडको भेदभाव नगरी उनीहरूलाई कुनै शंका उपशंका नगरी आफ्नै समाज र परिवारको अभिन्न अङ्ग सम्झेर व्यवहार गर्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width

trending post

ट्रेन्डिङ्ग