योरुनाको आत्मासँग माफी माग्ने कि राज्यसँग जवाफ ?

आदर्श समाज सम्वाददाता
माघ २९, २०७२

‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भइ। यसकै ‘सेफ्टीका लागि पनि यो जरुरी छ। अधिकारका बारेमा राम्रै चेतना राख्ने एक बहिनी साथीले पोहोर साल बाहुला नभएको छोटो प|mक लगाएरवरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन्। सात वर्षमात्रै पुगेकी छोरीका बारेमा यो सुन्दा मैले ‘तिमीजस्तो मान्छेले पनि यो के भनेको भनेर भन्न सकिनँ। हामी दुवैलाई महिला वा बालिकाका वेशभूषा उनीहरूमाथि हुने हिंसाका लागि जिम्मेवार हुर्दैनन् भन्ने थाहा छ। यही बहानामा उनीहरूमाथि भएको हिंसालाई ढाकछोप गरिनु घोर अन्याय हो भन्ने पनि थाहा छ। तर हामी दुवैलाई यो पनि थाहा छ कि हाम्रो समाजमा बस्ने हामी सबैको नियति यही हो, छोरीचेलीलाई सकेसम्म बढी ढाकछोप गर्नु, हुर्किन्जेल ढाकिएको, छोपिएर रहनलाई नै बानी पार्नु र उनीहरू सुरक्षित छन् भन्ने भ्रममा बाच्नु झ्

‘महिला अधिकारकर्मी भनाउँदाहरू के हेरेर बसेका छन्, कुनै दिन ‘अकुपाइ बालुवाटार भनेर घेर्न हिंड्नेहरू आज कहाँ छन् – जब कुनै महिला, बालिका वा किशोरीमाथि जघन्य हिंसा हुन्छ, हिजोआज सबैभन्दा बढी सुनिने दुर्इ प्रश्न यिनै हुन्। घरबाहिर निस्कँदा कतिपयले प्रत्यक्ष अनुहारमै हेरेर पनि सोधेका छन्, यही प्रश्न। अधिकारकै नाममा स्थापना भएका संघ, संस्थाको कारिन्दा नभए पनि, सडकमा नारा लगाएर नहिंडे पनि अधिकारको बारेमा बोल्छु, लेख्छु, त्यसैले सुनाउँदा हुन्। ‘तिमी अझै एक-दुइ वर्ष यसरी नै बोल्नेछौ, त्यसपछि थाक्नेछौ, कुनै दिन म पनि तिमीजस्तै थिए-मौका मिल्यो कि अधिकार र विभेदबारे चको स्वरमा मकै भुटेझैं गरी पडि्किन सुरु गरिहाल्ने मलाई एक पटक एकजना अधिकारकर्मी दिदीले भनिन्। अहिले लाग्छ एक-दुइ वर्ष कुनै नपर्ने भो। अझै कति पुस्ता थाक्लान् मेरो समाजमा।

‘छोरीमान्छेको शरीर लिएर जन्में। सूयोर्दयअघि र पछिको  घरबाहिरको संसार कस्तो हुन्छ थाहै पाइनँ। अहिले छोरीकी आमा बनेकी छु, छोरीलाई पनि साझ नपर्दै घर भित्र्याउन आत्तिन्छु। साढे आठ वर्षकी उसले नजिकैको पसल पुगेर आउन साढे आठ मिनेटमात्रै लगाएमा पनि सातो जान्छ। सिङ्गो एक पुस्ता बित्यो तर उसले समेत बिहान हुनुअघि र साझ परेपछिको सहर देख्न पाउने आस छैन। उपछिका अझै कति पुस्ताका छोरीहरूले नपाउने हुन् थाहा छैन। मेरो सामाजिक सुरक्षालाई लिएर मेरा बा-आमा जति डराउँथे, छोरीलाई लिएर ममा त्यसको एक अंश डर पनि कम भएको छैन।

हालै पोखरामा म्याग्दीकी स्थायी बासिन्दा योरुना पुनको हत्या भयो। पोखरामा आमा र दिदीसँगै बस्ने र  रेष्टुरेण्टमा काम गर्ने उनलाई घरभन्दा चार सय मिटर दूरीमा टाउकोमा चुटीचुटी हत्या गरियो, कसैले सुइकोसम्म नि पाएन। वषौर्ंदेखि निस्पट्ट अन्धकारमा डुब्न अभिषप्त सहरमध्येको एउटा सहर पोखरामा योरुनाको चिच्याहट पनि त्यही निस्पट्ट अन्धकारमा विलिन भयो। दिउँसोदेखि निभेका बत्ती मध्यरातसम्म नबल्दा संसाझै निदाउन बाध्य सहरहरू बाह्र घन्टासम्म सुत्न अभ्यस्त बनिसकेका छन्। यस्तोमा कसरी सुनोस्, कुनै सहरले रातिमा टाउकोमा चोटैचोट खाएर मारिइने योरुनाहरूको चिच्याहट ? उनका हत्यारा छिटो पत्ता लगाइयोस् र उचित कानुनी कारबाही होस् भनेर आव्हान गरिएका सामाजिक सञ्जालका थुप्रै पोस्टमध्ये एउटामा एक जनाले लेखेका थिए-‘दोष त योरुनाको पनि हो, किन त्यसरी सात-आठ बजेसम्म बाहिर हिंडेकी त ? यही कुरालाई लिएर अभिनेत्री केकी अधिकारीले पनि लेखिन्, ‘साझ पर्नेबित्तिकै घर पुगिनँ भने आमा आत्तिनुहुन्छ। बेलुका हिंड्नु ठीक होइन भन्नुहुन्छ। कुनै गललीमा एक हुल केटा देखेँ अको बाटो रोज्न थाल्छु म। रेष्टुरेण्टमा काम गर्ने योरुना र सिनेमामा काम गर्ने केकी दुवैको कामको सेयुल नौदेखि पाच बजेभित्र पर्दैन, अरु थुप्रै नेपाली महिलाको जस्तै। परिवारलाई आर्थिक रुपमा सघाउन होस् वा आफ्नो सीपको उपयोग गर्न स्वाभिमानपूर्वक काम गरिरहेका यस्ता युवतीलाई कति निरीह रुपमा जवाफदेही बनाइन्छ रातिराति हिंडेकोमा। राति हिंडेकैमा उनीहरूमाथि हुने हिंसाको दोष कति निर्लज्जतापूर्वक उनीहरूमाथि नै थोपरिराखिन्छ  हामीकहाँ। योरुना नारी देह लिएर जन्मेकी थिइन्, मगर समुदायकी चेली थिइन्, अभिनेत्री थिइन् तर सबैभन्दा मुख्य कुरो उनी नेपाली नागरिक थिइन्। योरुनाको हत्याको विरोध न मगर समुदायको मात्रै जिम्मेवारी हो, न महिलाहरू मात्रैको, न अभिनेत्रीहरू मात्रैको। यो त दिनहु असुरक्षित बन्दै गएको समाजप्रति चिन्तित हामी सबैको जिम्मेवारी हो। जवाफदेही त राति हिंडेकोमा योरुना हैन, उनको सुरक्षित घरफिर्तीको जिम्मेवारी लिन नसक्ने राज्य पो हुनुपर्ने हो।

अझै कति पुस्तासम्म हामी छोरीहरूलाई नजरबन्दमा राखेर सुरक्षित भएको भ्रममा बाच्ने ? संसाझै घर फर्किरहेका छोरीहरू कहिलेसम्म बलात्कृत भइरहने र मारिइरहने – अब हामीले घेर्र्नुपर्ने ठाउँ कुनुकुन हुन् ? बालुवाटारमात्रै घेरे पुग्ला कि जीविकाको जोहो गरेर साझ घर फर्किरहेका छोरीहरूलाई अध्यारोमा मारिनु नपरोस्, कम्तीमा सडकका बत्ती ननिभाइदेऊ भनेर विद्युत प्राधिकरण पनि घेर्ने – हत्यारालाई कडा सजायको माग गर्दै सडकमा निस्केरमात्रै पुग्ला वा ‘राती काम गरेर घर फर्किने छोरीहरूलाई घर पुžयाइदिने जिम्मेवारी त्रि्रो पनि हो भनेर यातायात व्यवसायीलाई पनि सडकमै निस्केर भन्नु पर्ला ? ‘सबैजना नौदेखि पाचकै जागिर खाने र बीच सहरमा बस्ने भाग्यमानी हुर्दैनन्। कुनाकाप्चामा बस्ने छोरीहरूका लागि सधै बाबु वा दाइ लिन आउन सम्भव हुर्दैन। कहिलेकाँही धर्मदाइले पनि धर्म छाडिदिन्छन् र कतिपय महिला एक्लै पनि स्वाभिमानपूर्वक सहरमा बसेका हुन्छन् भनेर कसकसलाई याद दिलाउनु पर्ला ?

संसाझै सहरका सार्वजनिक यातायात नथन्किउन्, अलि रातिसम्म र कुनाकाप्चासम्म पनि गुडून् भनेर बिन्ती गर्दै राज्यका कुन निकाय घेर्ने ? यी सबै कुरा समबन्धित निकाय नघेरिकन व्यवस्था भएको देख्न पाइएला कि नपाइएला ? कसलाई सोध्ने यी प्रश्न : कि गाउँ, सहर र सडकमा यो निस्पट्ट अन्धकार कहिलेसम्म – स्त्रीलिंगीहरूका लागि साझ परेपछिको दुनियाँ वर्जित कहिलेसम्म ? साझ परेपछिको समाजमा उनीहरूका लागि अघोषित कर्फ्र्यू कहिलेसम्म ? र रातमा कुनै हिंसाका घटना घटेमा उनीहरूमाथि नै दोष थोपरिने यो प्रचलन कहिलेसम्म ? सधैं हामी ‘केटाहरूको हुल देखेर उल्टोतर्फ भागिरहने कि निर्धक्क हिंड्न पाउने, आफ्नो वैयक्तिक स्वतन्त्रताको व्यवस्था कहिले हुन्छ भनेर राज्यसँग जवाफ माग्ने ? योरुना जस्ताहरू दिनैपिच्छे मारिइरहने र उनीहरूको दिवंगत आत्मासँग हामी माफीमात्रै मागिरहने कि स्त्रीलिंगीहरूका लागि पूर्ण सुरक्षित समाज पनि माग्ने ?

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width