अनेकतामा एकताको देश नेपाल

आदर्श समाज सम्वाददाता
माघ १६, २०६९

सरकारले नेपाललाई हिन्दू राष्ट्रमा धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । तर पनि आम नेपाली जनता भने हिन्दू राष्ट्रको बचाउमा लागिरहेका छन्। नेपाललाई हिन्दूहरूको नमुना राष्ट्र बनाउन विश्वसामु चिनाउनुपर्छ, प्राकृतिक सम्पदाको देश, खोला नाला, ताल तलैया, पहाड, चुरे पर्वत, सगरमाथाको देश, वनजंगलको देश भएपनि सगरमाथामा वातावरण प्रदूषण छ। वातावरण स्वच्छ सुन्दर बनाउन फेवाताललाई र रुपाताललाई स्वच्छ, सुन्दर तालमा बदलौं। वास्तवमा भन्नै पर्छ। हामीले धार्मिक विकासमा हिमतालखण्ड आफैंमा अलौकिक र ज्ञान मोहका मुमुक्षुहरूको यो स्र्वर्ग वा गोलको युग-युगसम्म दिगन्त तीर्थधाम वैदिक सनातन धर्मको पवित्र तीर्थ स्थल र मुक्तिनाथ, पशुपति, देवघाट, गोर्खाकालिका बागलुङ कालिका, मनकामना, विन्ध्यवासिनी, तालबाराही, गुप्तेश्वर गुफा, महेन्द्रगुफा, कागबेनी, स्र्वर्गद्वारी, मौलाकालिका, वेदवेतान्त गुफा, कुश्मा, मुक्तिनाथ धर्म सह्रस धारा, पर्वतजस्ता शक्तिपीठमा अलौकी शक्ति छ र संरक्षण सर्म्बर्द्धन हुनुपर्दछ। यसमा भगवान शिव शंकरको बास छ। यो अदृश्य शक्ति हो।

विश्वभरमा भगवान गीता वेदबाट जापान अमेरिकाले वेदका मूल मन्त्रबाट एटम बमजस्ता अनुकरण गरी उल्लेखित धर्मशास्त्रको आधारबाट धेरै कुरा बनाइसकेका छन्। हामी कुर्चीको खिचातानी, आर्थिकको लोभ लालचमा नपरौं देशमा शान्ति कायम गरौं, स्वास्थ्य, शिक्षा, रोजगार, वातावरणलाई पनि विशेष जोड दिनुपर्ने समयमा युवा वर्ग महाशक्ति आमा बुबा सम्पूर्ण हिन्दु भएको देश आज ७१% मा आएको छ। विश्व हिन्दू तीन धारमा छ। गुरु एक मात्र हुनुहुन्छ। उहाँ कैलाशवासी शिव शंकर भोला नै हुनुहुन्छ। सीमित हुने होइन आफ्नो काम कर्तव्य र अधिकारमा लाग्नु पर्दछ। आ-आफ्नो क्षेत्रबाट गाउँ-गाउँ, बस्ती बस्तीबाट उठ्नु जरुरी छ। सद् गुरुको विचारबाट युवा शक्ति परिचालन गरी युवाले नै देश बनाउनु, रक्षा गर्नु जनताको आकाँक्षा अनुसारको राज्य बनाउनु आजको आवश्यकता छ र हो पनि।

जापान, अमेरिका, ब्राजिल,अष्ट्रेलिया, मुक्तिनाथ, गोर्खा, बागलुङ, देवघाटमा समेत प्रशिक्षण सञ्चालन भएको छ। आज देश बचाउ शान्ति कायम राखौं दुःखी, दरिद्र, अपा·, भोका ना·ालाई सहयोग गरौं भन्ने भावना हो। यसको संरक्षण हुनु नितान्त आवश्यक छ।

तीर्थ स्थललाई पर्यटन बृहत् धार्मिक क्षेत्रको रुपमा विकास गर्नु हामी सबैको कर्तव्य हो र राज्यले पनि ठूलो भूमिका खेल्नु पर्दछ। पोखराको नाम विश्वसामु  ओझेल परेको छ। वातावरण स्वच्छ बनाउनुपर्दछ। सम्बन्धित निकाय जोडसँग लाग्नु पर्‍यो। ‘विद्वान् सर्वत्र पूज्यते’ नीति वाक्य आजको सान्दर्भिक छ। देशका उच्च शिक्षा  र निम्न शिक्षामा नैतिक शिक्षा गुरुकुललाई बढी जोड दिनु आजको आवश्यकता हो। पाठशाला दान, समय, योगदान, धर्म, कृति, पुण्य आजको आवश्यकता र वेदको शिक्षा हो। आज बाबुआमालाई छोरा छोरीले, गुरुलाई चेलाचेलीले नटेरीकन उल्टो बाटो हिँडिरहेका छन्। के यो शिक्षा उच्च शिक्षा हो – देशमा तस्करी बढिरहेको छ। वन्य जन्तुको तस्करी बढिरहेको छ। जनावरको बाँच्ने अधिकार छैन। राजनीतिज्ञहरू आ-आफ्नो दल बचाउन शक्तिको प्रयोग गरेका छन्।

आफ्नो घोषणा पत्र चुनावमा सीमित गरेका छन्। जनताको सामु जान सकेका छैनन्। कैकेयीको जस्तो जाल गर्दछन्, सकुनी नबनौं। नेपाल आमा र जन्मभूमिको माया गरौं संविधान जनताको हो। आज हुन्छ भोलि हुन्छ भनेर छल गर्ने नगरौं र झुटो शब्द पनि नबोलौं। सत्य गरे सत्य र असत्य गरे असत्य नै लैजाने हो।

परमधाममा नेपालमा भएको जललाई सही सदुपयोग गरौं। जनतालाई बिजुलीले साह्रै धोका दिएको छ। लोड सेडि· यही हो। विकास गाउँ-गाउँमा, बाटो गाउँ गाउँमा, प्राक्टिकल शिक्षा खोइ युवा विदेश जानु परेकै छन्। रोजगार देशमा छैन। पूर्वाग्रही भावनाको विकास कलयुग कलियुगको अन्तमा आफैले बनाएका शक्तिबाट मानव आफैंको नष्ट हुन्छ। तसर्थ मानवको उद्धारको लागि योग साधना जरुरी छ।

हामी सम्पूर्ण नेपाली एकजुट हौं। बुद्धको देश नेपाल शान्तिको देश नेपाल सगरमाथाको देश नेपाल र गुरुहरूको देश नेपाल महान् धर्म ग्रन्थको देश नेपाल, प्राकृतिको देश नेपाल स्वच्छ सुन्दर देश नेपाल, विभिन्न जातजाति, भाषाभाषी, भेषभूषाको देश नेपाल अनेकतामा एकताको देश नेपाल भनेर विश्वमा हिन्दू राष्ट्रको देश नेपाल भनी चिनाउनु हामी सबैको कर्तव्य हो।

(लेखक कास्की पुरुन्चौरका योग साधक हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width