कोरोना भाइरसको आशङ्कामा एकै परिवारका तीनजना आइसोलेशनमा

रासस
वैशाख १, २०७७
dt_200130_coronavirus_test_tube_800x450

काठमाडौँ, १ वैशाख । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा र्‍यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एकै परिवारका ८१ र ५२ वर्षका दुई महिला र ५८ वर्षको पुरुषमा र्‍यापिड डायग्रोस्टिक टेष्ट गर्दा कोरोना भाइरसको आशङ्कामा तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको हो । त्यो टेष्टमा पोजेटिभ आउँदैमा कोरोना भाइरस भएको पुष्टि हुँदैन । परीक्षणपछि मात्र थाहा हुन्छ ।

सो अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल्ड’ गरेको छ । महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार तीनजनालाई कोरोनाको आशङ्का देखिएपछि अरू व्यक्तिको सुरक्षाका लागि सो क्षेत्रमा आवागमन बन्द गरिएको छ । स्वास्थ मन्त्रालयका अनुसार नेपालमा हालसम्म १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एकजना निको भएर घर गइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…

hero news full width