पोखरा, १२ भदौ । पोखरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौँडामा बुधवार राति ८.३० वजे ना.५ ख. ५०४६ नं को ट्रकले ग.७ प ७४२८ नं को मोटरसाइकल र ग.११प. २३५८ नं को स्कूटरलाई ठक्करदिँदा स्कुटरको पछाडि सवार पोखरा–५ पस्र्याङ निवासी १८ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
ठक्करपछि ट्रकको चक्कामूनि परेका गुरुङको पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक पोखरा–२ अर्चलबोट निवासी निशान गुरुङ र मोटर चालक र सोही मोटरसाइकलमा सवार पोखरा भण्डारढीक निवासी २२ वर्षीय विकल सुनार र रुपा गाउँपालिक–७ का दीपक विक घाइते भएको छन् । उनीहरु तीनै जनाको पोखरा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरी नायव उपरीक्षक केसीका अनुसार ट्रक र चालक प्रहरी नियन्णमा छन् ।
त्यस्तै बुधवार नै पृथ्वीराजमार्ग अन्तरगत पोखरा–२७ तालचोकमा ग.३च.१४२२ नं को मिनीभ्यानले बा.९४ प. १७०५ नं को नं को मोटर साइकललाई ठक्करदिँदा बागलुङ जिल्ला घरभई काठमाण्डौ कीर्तिपुर बस्ने २८ वर्षीय थपन पाइजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । दुर्घटनामा परी गम्भीर घाइते पाइजाको पोखरा फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भ्यान र चालक प्रहरी नियन्त्रणमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१