पीसीएमको सप्ताहव्यापी कार्यक्रम

एजेन्सी
श्रावण १२, २०७६
pcm_Fotor

पोखरा–३, नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टको १८ औं वार्षिकोत्सव अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ।

कार्यक्रमको पहिलो दिन म्याराथन र साईकल र्याली गरिएको छ। र्यालीमा कलेजका शिक्षक, कर्मचारी र विद्यार्थी गरी १ सय २० जना सहभागी थिए।

कलेज प्राङ्गणबाट शुरु भएको र्याली पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, बगालेटोल, सिद्धार्थचोक, रामकृष्णटोल, गैह्रापाटन हुँदै पुनःकलेजमा आएर समापन भएको थियो।

म्याराथनमा छात्रतर्फ बीबीए दोस्रोका अभिषेक नेपाली प्रथम, बीसिआइएस सेकेण्डका उमेश गुरुङ द्वितीय, बीबीए सेभेनका उमंग गुरुङ तृतीय भएका छन्।

छात्रातर्फ बीबीए सेभेनकी रोश्नी गुरुङ प्रथम, बीबीए सेभेनकी सुष्मा गुरुङ द्वितीय र बीबीए फोर्थकी प्रतिमा कँडेल तृतीय भएका छन्।

२०५९ सालमा स्थापना भएको सो कलेजमा बीबीए र बीसीआइएस कार्यक्रम सञ्चालन भैरहेको छ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन १२ गते रक्तदान र चित्रकला, १३ गते हाजिरीजवाफ र प्रतिभाको खोजी, साउन १४ गते सामूहिक लोकनृत्य, पे्ररणात्मक मन्तव्यसहित खेलकुद पुरस्कार वितरण र १५ गते मूल समारोह रहने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग