लमजुङ । लमजुङको बेसीशहरमा स्थानीय तहमा विपद जोखिम न्युनिकरण मूल प्रवाहीकरण सम्बन्धी साझा सवाल कार्यक्रम बारेमा अन्तरक्रिया गरिएको छ । बेसीशहर नगरपालिका– ८ को समन्वयमा करपुरेश्वर महादेव मन्दिर परिसरमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बेसीशहर नगरपालिका– ८ का बासीन्दाले वडामा सञ्चालित योजना र विपद् व्यवस्थापनको क्षेत्रमा भएका योजना प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिएका थिए । उनीहरूले विपद् व्यवस्थापन भनेको काम चलाउ रुपमा मात्र नभई दीर्घकालीन र गुणस्तरमा जोड दिनु पर्ने बताए ।
कार्यक्रममा विश्वम्भर अर्यालले आगोलागी भइहालेमा समयमा दमकल नपुग्ने र पू्र्व तयारी समेत नहुने गरेको बताए । उनले विपद् आउनु अघि पूर्व तयारी गर्नुपर्ने र आइसकेपछि व्यवस्थापनका लागि ध्यान दिनुपर्नेमा जाड दिए । कमला के.सी. ले विपद् व्यवस्थापनका लागि कार्य भए पनि स्थानीयलाई खासै जानकारी हुने नगरेको बताइन् । उनले काम सुरु भएदेखि नै अनुगमनलाई मध्यनजर गर्नुपर्ने र स्थानीयलाई यसबारे जानकारी हुनुपर्ने बताए ।
रामकुमार श्रेष्ठले नगरपालिका, वडाले राम्रा योजना ल्याएपनि त्यसको सम्पन्न हुँदा सम्म प्रभावकारी नभएको र विकासको नाउँमा विनाश समेत हुने गरेको उदाहरण पेश गरे । बेसीसहर बजारको फोहोर व्यवस्थापन हुन नसक्दा फोहोर बाटैभरी फैलिएकाले यसको उचित व्यवस्थापन हुनुपर्ने उनले बताए ।
स्थानीयले राखेको जिज्ञासामा बेसीसहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, वडाध्यक्ष पवित्रा थापा रानाले जवाफ दिएका थिए । वडाध्यक्ष पवित्रा थापा रानाले वडाले वडास्तरीय विपद् तथा जलवायु उत्थानशील योजना बनाएको बताइन् । त्यसमा सम्भावित जोखिम, समस्या, व्यवस्थापनका लागि गर्नुपर्ने क्रियाकलाप, जिम्मेवारी निकायको बारेमा उल्लेख रहेको उनको भनाई छ । उनले भने, ‘सोही अनुसार वडाका जोखिम वस्ती तथा ठाउँमा ग्याबीन जालीको पर्खाल लगाउने, विपद्बारे अन्तरक्रिया, छलफल र पूर्व तयारी गरिएको छ ।’
बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले नगरपालिकाले विपद् व्यवस्थापन कार्ययोजना बनाएर काम गरेको बताए । उनका अनुसार नगरभित्र विपद् पर्ने सक्ने ठाउँको पहिचान गरी पूर्वतयारी, विपद् भइ हालेमा कसरी व्यवस्थापन गर्ने भनेर योजना निर्माण गरिएको छ । बजारमा आगालागी भइहालेमा नगरपालिकाको दमकलबाट निभाउने गरिएको उनले जानकारी दिए ।
आरसीडीसीका विपद् जोखिम न्युनीकरण परियोजना संयोजक प्रमोद घिमिरेले स्थानीय तहसंग समन्वय गरेर २ बर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको बताए । उनले नगरपालिकाका– ११ वटै वडामा वडास्तरीय विपद् तथा जलवायु उत्थानशील परियोजनाका लागि काम अघि बढाइएको बताए । उनका अनुसार समाजमा विपद्को जनचेतनाका साथै भौतिक तथा आर्थिक रुपमा सहयोग गर्दै आएको छ । संस्थाले नगरपालिकामा आपतकालीन कोष सञ्चालनका लागि १ लाख ५३ हजार हस्तान्तरण गरेको समेत घिमिरेले स्मरण गरे । साथै पहिरोको जोखिम भएको ठाउँमा ग्याबीन जाली हाल्ने, आपतकालीन सामग्री सहयोग गर्दै आएको घिमिरेले जानकारी दिए ।
बेसीसहर नगरपालिका कार्यपालिका सदस्य आशा तामाङ, वडासदस्य दलबहादुृर खवास, वडासदस्य लक्ष्मी नेपाली, पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङलगायतको सहभागिता रहेको कार्यक्रम ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालनज गरिएको हो । उक्त कार्यक्रममा सहजीकरण पत्रकार बेलिना थापाले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
खर्च जुटाउँदै पोखरामा राउटे
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१