काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा शनिवार वृक्षरोपण शुभारम्भ गरेका छन् ।
राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका हुन् । वृक्षरोपण गर्दै उहाँले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए ।
वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा विभागीयमन्त्री शक्तिबहादुर बस्नेत, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याललगायतले वृक्षरोपण गरेका थिए ।
चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ । देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको बजेट पारित
एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता
सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य
मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग
बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प
hero news full width
मुख्य समाचार
पोखरा महानगरद्वारा खाद्य पसलमा अनुगमन
मनाङमा पर्यटक चहलपहल बढ्यो
असाेज १८, २०८१जिप दुर्घटनामा ७ जना घाइते
असाेज १८, २०८१क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
असाेज १७, २०८१बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१