गुराँसका अढाई हजार विरूवा रोपियो

आदर्श समाज सम्वाददाता
असार ७, २०७६
Laliguras Ropan A (1)

लमजुङ, ७ असार । लमजुङमा लालीगुराँसका अढाई हजार विरूवा रोपिएको छ । लमजुङको कर्णाली मानिने दुधपोखरी गाउँपालिकाले उक्त गरेको हो ।

लालीगुराँस रोपण कार्यको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष छुपीमाया गुरूङले गुराँसको आफ्नै महत्व छ, यो हाम्रो पहिचानसँग पनि जोडिएको बताइन् । उनले यो जडिबुटी पनि हो, फूल फुले पछि शोभा दिन्छ भन्दै दूधपोखरीलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित गर्न पर्यटकलाई आकार्षण गर्न गर्ने यो पनि एउटा काम हो । त्यस्तै गांैडामा आउँदो आर्थिक बर्षमा भ्यूटावर बनाइने लक्ष्य रहेको जानकारी दिइन् ।

दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घ्रुव खनालले दुधपोखरी गाउँपालिकामा प्रवद्र्धन गर्न लागिएको धार्मिक र पर्यटकीय कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले लालीगुराँसका विरुवा रोपण गरिएको बताए । उनले भने ‘अबको केही बर्षपछि दुधपोखरी घुम्न आउने पर्यटकहरूलाई बाटोभरी गुराँसले स्वागत गर्नेछ ।’ उनका अनुसार सुवर्ण लालीगुराँस मार्गको ६ किलोमिटर दुरीको सडकको दायाँबायाँ ५ मिटरको दुरीमा बिरुवा लगाइएको छ ।

गाउँपालिकाको सहयोगमा दूधपोखरी गाउँपालिका– ६ स्थित गौंडा मावि गौंडा र वडानं ५ को कोल्की स्थित हिमालय मावि विद्यालयका अभिभावले सो कार्य गरेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताइन् । उनका अनुसार सो कार्यका लागि गालिकाले दुई लाख रुपैयाँ लगानी गरेको छ । काम गर्ने मानिस नपाई हुँदा विद्यालयलाई पैसा दिएर अभिभावक परिचालन गरिएको हो ।

गुराँस ४ दिनसम्म रोपिएको गाउँपालिकाका सूचना अधिकारी रमण बरालले बताउनु भयो उहाँका अनुसार गौंडादेखि जोर्नेसम्ममको सडक किनारमा गुराँसका विरूवाहरू लगाइएको हो ।

लाली गुराँसका विरुवा नर्सरीमा नपाईले हुँदा स्थानीय वनबाट नै संकलन गरियो । त्यो कार्यमा ९९ जनाका दरले तीन दिनसम्म मानिसहरूले विरुवा संलकन, खाडल खन्ने र रोप्ने काम गरेको दुधपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत घ्रुव खनालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width