आदर्श अर्गानिक कृषक समूहको सभा

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
organic

पोखरा । आदर्श अर्गानिक कृषक समूह, पोखरा १३ आर्वाको नवांै वार्षिक साधारण सभा शनिबार भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले कृषकहरुले उत्पादन गर्ने हरेक कृषि उत्पादनलाई हाट बजार सञ्चालन गरेर बजारको ग्यारेन्टी गर्ने बताए । उनले भने, ‘तपाईंहरु उत्पादन मात्र गर्नुहोस्, बिक्रीको जिम्मा म लिन्छु ।’

किसानको उत्पादनलाई कहिं कतै खेर जान नदिने उनले प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष बरालले अब प्रत्येक शनिबार वडाभित्रै किसान र उपभोक्ताबीच खरिद बिक्री गर्ने हाट बजार सञ्चालन गरिने जानकारी पनि गराए । कृषकले उत्पादनमा जोड दिनुपर्ने भन्दै उनले वडाबाट कृषि उत्पादन गर्न कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै जाने उल्लेख गरे ।

आदर्श अर्गानिक कृषक समुहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्ष्यतामा भएको सधारण सभामा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देल, श्री मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, जागरण आमा समूहकी अध्यक्ष लक्ष्मीदेवी देवकोटा, नागेश्वर महादेव मन्दिर विकास समिति अध्यक्ष विष्णुप्रसाद बराल, सहेले सान्तेडाँडा सालघारी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कृष्णप्रसाद बराल, समाजसेवी सुरेन्द्रप्रसाद बराल लगायतले शुभकामना व्यक्त गरे ।

सभाले समूहका अध्यक्ष शिवप्रसाद बराल र कोषाध्यक्ष श्रीराम बरालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ । समूहकी उपाध्यक्ष सीता सिग्देलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजन सिग्देलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width