मुस्ताङमा तीन करोड लागतमा २ कोल्ड स्टोर

सुशील बाबु थकाली
असाेज २७, २०८०
Mustang cold storesd

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे र घरपझोङ गाउँपालिका–२ मार्फामा करिब १ करोड ४१ लाख बराबरको २ वटा बेग्लाबेग्लै कोल्ड शुक्रबार उद्घाटन गरिएको छ । कोल्ड स्टोरको गण्डकी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्री माननीय महेन्द्रध्वज जिसीले उद्घाटन गरे ।

कोल्ड स्टोर उद्घाटन गर्दै मन्त्री जिसीले समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै मुस्ताङमा कोल्ड स्टोरको स्थापना भइहेको बताए । उनकाअनुसार आगामी दिनमा किसानको आवश्यकतालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले आवश्यक रुपमा पहल र साथ दिइरहने मन्त्री जिसीले बताए । मुस्ताङमा पछिल्लो केही वर्ष यता कोल्ड स्टोर निर्माण हुँदै गर्दा स्याउको उत्पादनमा ह्रास आउनु दुखद रहेको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री माननीय महेन्द्रध्वज जिसीको धारणा रहेको थियो ।

मौसम प्रतिकूल हुुँदा मुस्ताङको उत्पादनमा ह्रास आउनु दुखद भए पनि गण्डकी प्रदेश सरकार सदैव साथमा हुने मन्त्री जिसीले बताए । कोल्ड स्टोर निर्माण सँगसँगै आवश्यकताको आधारमा नयाँ–नयाँ किसिमको खेती प्रणालीलाई समेत आधार मानेर प्रदेश सरकारले साथ दिने उनको भनाइ थियो ।

गत आर्थिक वर्ष ७९/८० बाट स्वीकृत कृषि विकास निर्देशनालय पोखराको लागत साझेदारीमा मार्फा कृषि सहकारी संस्था लि. मार्फाले, मार्फामा १ वटा र स्यालम बहुउद्देशीय सहकारी संस्था टुकुचेले, टुकचे बजारमा १ वटा गरी दुइटा कोल्ड स्टोरको निर्माण गरिएको कृषि ज्ञान केन्द्र मुस्ताङका केन्द्र प्रमुख प्रकाश बास्ताकोटीले बताए । केन्द्र प्रमुख बास्ताकोटीका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे र घरपझोङ गाउँपालिका–२ मार्फामा स्थापना भएको बेग्लाबेग्लै कोल्ड स्टोरको लागत एउटाको करिब १ करोड ४१ लाख रहेको केन्द्र प्रमुख बास्ताकोटीले बताए ।

मार्फा फलफूल तथा स्याउ ग्रेडिङ मेसिनका सचिव सकबहादुर लालचनका अनुसार कृषि निर्देशनालयमार्फत प्राप्त दुई वटा कोल्ड स्टोर स्थापना भएको र जसमध्ये एउटा मार्फा सामग्रीमा रहेको उनको भनाइ थियोे । उनका अनुसार उक्त कोल्ड स्टोर नेपाल सरकारको ८५ प्रतिशत अनुदान र सहकारी संस्थाको १५ प्रतिशत अर्थात् १ करोड ४१ लाख लागतमा निर्माण सम्पन्न भएको छ । जसको १ करोड २१ लाख र बाँकी २० लाख सहकारी संस्थाका पदाधिकारीमार्फत् लागनी गरिएको हो ।

कोल्ड स्टोरमा खासगरी मुस्तामा उत्पादन हुने लोकल (रैथाने) स्याउ, उच्च घनत्वमा उत्पादन हुने स्याउ, लोकल आलु, खुर्पानी, आरु, आरुबखडा, ताजा तरकारी लगायत स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरू राख्न सकिनेछ ।

घरपझोङ गाउँपालिका वडा नम्बर–२ मार्फाका स्थानीय किसान सुरेन्द्र हिराचनले पछिल्लो समय मुस्ताङमा स्थापना भएको कोल्ड स्टोरहरू निम्न आयस्तर भएका कृषकहरूको पहुँचभन्दा बाहिर रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width