पशु बिमामा कृषकको आकर्षण

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०८०
pashu_bimas_NiJlVia4yQ

दमौली । तनहुँमा विभिन्न बिमा कम्पनीमार्फत पशुधन सुरक्षण (बिमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बिमा गरिएको छ ।

जिल्लाका २८ हजार ४ सय ९४ पशुको बिमा गरिएको केन्द्र प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमबाट २ सय ७१ कृषक लाभान्वित भएका छन् ।

जिल्लामा सबैभन्दा बढी कुखुराको बिमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बिमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम ३ सय १८ बंगुरको बिमा गरिएको थियो । बिमाका लागि ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ सय ६४ गाई, ४ सय ७८ भैंसी, १ हजार ४ सय ८४ बाख्रा, २५ हजार ६ सय ५० कुखुरा, ३ सय १८ बंगुरको बिमा गरिएको छ ।

जिल्लाका २८ हजार ४ सय ९४ पशुको बिमा

जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बिमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बिमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार बिमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बिमा गरेको कागजात पेश गर्नुपर्ने छ ।

‘किसानले बिमा कम्पनीमार्फत पशुवस्तुको बिमा गर्छन्, बिमा गरिसकेपछि बिमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,’ प्रमुख डा. श्रेष्ठले भने, ‘कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौं ।’ पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए ।

‘बिमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ,’ डा. श्रेष्ठले भने, ‘क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरू संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।’ बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बिमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, ‘पशुको मृत्यु भएको खण्डमा बिमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।’

Related News

सम्बन्धित समाचार

  • यस वर्ष कम फल्यो सुन्तला

    भवानी अधिकारी मंसिर ९, २०८०
    स्याङ्जा । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष करिब २० देखि २५ प्रतिशतले…
  • फेवातालमा छाडियो १२ हजार भुरा

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । विश्व मत्स्य दिवसका अवसरमा मंगलबार फेवातालमा १२ हजार भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले फेवातालमा…
  • रुपा तालमा १० हजार भुरा छाडिए

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८०
    पोखरा । विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा,…
  • विश्व बजारमा पहिचान बनाउँदै नेपाली कफी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८०
    पोखरा । कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ यस पटक १३ औँ…
  • कास्कीका किसानलाई अनुदानमा आलुको बीउ   

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८०
    पोखरा । पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ माग्दै…

hero news full width