कृषिको वार्षिक कार्यक्रम सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र १५, २०८०
Krishi Photo

पोखरा  । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतका कार्यालयले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीको उपस्थितिमा आर्थिक वर्ष २०७९÷०८० को कार्य प्रगति र आगामी वर्षको कार्यक्रम सार्वजनिक गरिएको हो । कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. राजेशकुमार चौधरी, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले प्रस्तुति दिएका थिए ।
यसैगरी कृषि विकास निर्देशनालय बिउबिजन प्रयोगशालाका बाली विकास अधिकृत अमृत रेग्मी, माटो तथा मल परीक्षण प्रयोगशालाका वरिष्ठ माटो विज्ञ सुनील पाण्डे, बागबानी विकास स्रोत केन्द्रका प्रमुख गोविन्दराज कोइराला, कृषि व्यावसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका नीलकण्ठ पोखरेल, बाली संरक्षण प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले गत आर्थिक वर्षको प्रगति र आगामी वर्षको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले कृषिको विकास गर्नका लागि दक्ष प्राविधिकको दरबन्दी थप्नुपर्ने बताए । अािर्थक वर्ष २०७९÷०८० मा निर्देशनालयले कुल बजेटको ८० प्रतिशत बजेट खर्च भएको सुनाए ।
सोही कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले नेपाल कृषिप्रधान देश भएकाले किसानको हक अधिकारका लागि मन्त्रालयले चिन्तित भएको बताए । कृषि क्षेत्रमा भएका रोग र समस्यालाई समाधान गर्दै कृषि आधुनिकीकरणमा मन्त्रालयले योजना बनाएर अघि बढ्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • यस वर्ष कम फल्यो सुन्तला

    भवानी अधिकारी मंसिर ९, २०८०
    स्याङ्जा । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष करिब २० देखि २५ प्रतिशतले…
  • फेवातालमा छाडियो १२ हजार भुरा

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । विश्व मत्स्य दिवसका अवसरमा मंगलबार फेवातालमा १२ हजार भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले फेवातालमा…
  • रुपा तालमा १० हजार भुरा छाडिए

    आदर्श समाज सम्वाददाता मंसिर ५, २०८०
    पोखरा । विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा,…
  • विश्व बजारमा पहिचान बनाउँदै नेपाली कफी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०८०
    पोखरा । कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ यस पटक १३ औँ…
  • कास्कीका किसानलाई अनुदानमा आलुको बीउ   

    आदर्श समाज सम्वाददाता कार्तिक २४, २०८०
    पोखरा । पोखरा–२७ स्थित अघौँ निवासी लेखनाथ सापकोटालाई एक हप्तादेखि रातिमा निद्रा परेको छैन । उन्नत जातको आलुको बीउ माग्दै…

hero news full width