एग्रो टुरिजमको वार्षिक समीक्षा

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०८०
agro tourism

पोखरा । एग्रो टुरिजम सहकारी संस्था पोखराको शनिबार वार्षिक समिक्षा, बजेट एवं नीति निर्माण गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाले आगामी आवको कार्यनीति, संस्थाले कृषि र पर्यटनको विकासका निम्ति गरिने अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमबारे सहकारी संचालक, सल्लाहकार तथा विभिन्न उपसमितिका संयोजकबाट राय, सल्लाह, सुझाव संकलन गरेको छ ।

कार्यक्रममा सल्लाहकार लक्ष्मण थापा, सुवास ढुंगाना, बद्रीनाथ सुवेदी, मनुमाया खत्री, प्रकाश ढुंगाना र रजनी कोइरालले स्थापनाको छोटो अवधिमा संस्थाले कृषि पर्यटन विकास निम्ति गरेको प्रगतिको प्रशंसा गर्दै थप उत्पादनका क्षेत्रमा लगानी सुनिश्चिचताको वातावरण बनाउन सुझाव व्यक्त गरे ।

संस्थाका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सात सिद्धान्त वाचन शिक्षा समिति सदस्य दिव्यश्वेरी रेग्मी बराल र स्वागत मन्तव्य उपाध्यक्ष श्रीभद्र बरालले व्यक्त गरेका थिए । सो अवसरमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवनबहादुर आचार्य, सांगठनिक प्रतिवेदन सचिव बाबुराम सुवेदी र आर्थिक प्रगति विवरण लेखा समिति संयोजक समशेरबहादुर नेपालीले प्रस्तुत गरेका थिए ।

संस्थाले १ वर्षमा सो क्षेत्रका किसानलाई मल वितरण, रोपाइँ महोत्सव, ५० प्रतिशत लागत साझेदारीमा डिजिटल तराजु वितरण, कुटानी पिसानी मिल, हातेट्याक्टर, फलफूलका बिरुवा वितरण, कृषक सम्मान लगायत काम गरिसकेको अध्यक्ष डिल्लीराम बरालले बताए ।

पोखरा ३३, ठूलढुंगाचोक गण्डकीबेशीमा प्रधान कार्यालय रहेको सहकारीले सदस्य सेवा केन्द्र बिरौटामा सञ्चालन गरेको छ । कृषि पर्यटन विकासमार्फत उद्यमशीलता, स्वाधीनता, रोजगारीको सिर्जना, आयातलाई प्रतिस्थापन र निर्यातलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित स्थापित सहकारीले स्थानीय उत्पादन संकलन केन्द्र स्थापना गरी किसानद्वारा उत्पादित कृषि एम्बुलेन्समार्फत बजारीकरणका लागि सहजीकरण गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width