बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनमा इन्द्रराज अर्याल

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०८०
buddha bishal bajar

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको अध्यक्षमा इन्द्रराज अर्याल चयन भएका छन् । शनिबार पोखरामा भएको संस्थाको २५ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट उपाध्यक्षमा बुद्धिबहादुर कुँवर, महासचिवमा राजु केसी, सचिवमा थमनसिंह गुरुङ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ जोशी चयन भए ।

सदस्यमा इन्द्रमाया गुरुङ, मनोहरि पौडेल, प्रेमप्रसाद आचार्य, कृष्ण कुँवर, अनु थापा र लक्ष्मण आचार्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष अर्यालले व्यावसायिक हकहितलाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

अधिवेशनको उदघाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले राष्ट्रिय भन्दा पनि अन्तर्राष्ट्रिय कारणलले मुलुकको अर्थतन्त्र समस्यामा परेको भन्दै आर्थिक सुधारका लागि सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी र सर्वसधारण सबैलाई अहिले समस्या रहेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको दबाबमा उनीहरुको मन्त्रीले आलेमगरले बताए ।

उनले सहकार्यबाट नै संघीयतालाई सबल बनाउन सकिने भनाइ राखे । प्रदेश र समग्र मुलुकको आर्थिक विकासका लागि आफूहरु प्रयासरत रहेको मन्त्री आलेमगरले बताए ।

संस्थाका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, पोखरा उद्योग वाणिज्य संघका महासचिव वलराम आचार्य, संस्थाका सल्लाहकार सुदीप ढकाल, कोषाध्यक्ष थमनसिंह गुरुङ, महासचिव बुद्धिबहादुर कुँवर, सचिव राजु केसी समेतले बोलेका थिए ।

संस्थाका अध्यक्ष केशवबवहादुर खत्रीलाई उक्त अवसरमा दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । एसोसिएसनका प्रेस संयोजक मनोहरि पौडेल र महासचिव बुद्धिबहादुर कुँवरलाई उक्त अवसरमा रजत पदकबाट सम्मान गरिएको छ । एसोसिएसनमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये गत एसइईमा उत्कृष्ट अंक ल्याउनेहरुलाई उक्त अवसरमा नगदसहित सम्म्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • शीतल सहकारीको १४ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । शीतल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार भएको छ । पोखरा महानगर सहकारी…
  • एग्रो टुरिजम सहकारीको सभा, पत्रकार पौडेल सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा ।  एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनबिार भएको छ । कार्यक्रम उद्घाटनमा गण्डकी प्रदेशका सामाजिक विकास…
  • हाम्रो बहुउद्देश्यीयको २६ औं साधारण सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा ८ स्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भयो । सभाको गोला…
  • संगम सहकारीको १६ औं सभा

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको…
  • पोखरा फाइनान्सका अध्यक्ष गुरूङको सपथ ग्रहण

    आदर्श समाज सम्वाददाता असाेज ६, २०८०
    पोखरा । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त अध्यक्ष राजकुमार गुरूङले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।…

hero news full width